च्याङ्ग्रे ‘भ्यू’ टावर निर्माणको विस्तृत परियोजना तयार

0
406
भोजपुर, 

पौवादुङ्मा गाउँपालिकामा च्याङ्ग्रे ‘भ्यू’ टावर निर्माणको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) सम्पन्न भएको छ ।

प्रसिद्ध धार्मिकस्थल सन्तानेश्वर मन्दिर र पर्यटकीय क्षेत्र अरुण डाँडालाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने कार्य अगाडि बढाइएको छ ।गाउँपालिका उपाध्यक्ष सम्झना राईका अनुसार ती दुई गाउँपालिकामा निर्माण गर्न लागिएको पर्यटकीय संरचनाको डीपीआर पनि तयार भएको छ ।

उहाँका अनुसार च्याङ्ग्रे ‘भ्यू’ टावर निर्माणको लागि रु ९२ लाख, सन्तानेश्वर मन्दिर निर्माणको लागि रु दुई करोड सात लाख र अरुणमा भवन निर्र्माण तथा अन्य संरचना निर्माणको लागि रु चार करोड ५० लाखको लागत डीपीआर तयार भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।

अध्यक्ष राईले भन्नुभयो, “गाउँपालिकाले यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि काम बढाएको छ, त्यसका लागि तीन ठाउँको डीपीआर सम्पन्न गरिसकेका छौं ।’’ अध्यक्ष राईका अनुसार डीपीआर भएका सबै संरचनाको निर्माण कार्य तीन वर्षमा सक्ने लक्ष्य रहेको छ । गाउँपालिकाले तीन ओटै संरचनाको डीपीआरका लागि रु २० लाखका दरले रु ६० लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै गाउँपालिकाले पर्यटनसँगै खेल क्षेत्रका विकास गर्ने उद्देश्यले कबड हल निर्माण गरिसकेको छ भने अन्तर्राष्ट्रियस्तरको रङ्गशालासमेत निर्माण गरिहेको छ । त्यसका लागि रु एक करोड ३५ लाख लागतमा काम भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here