सुर्याेदय टेलिभिजन सम्मानित: १ नम्बर प्रदेशमा विविध कार्यक्रमका साथ मनाईँयो ६४ औँ प्रहरी दिवस

२५ आश्विन २०७६, शनिबार मा प्रकाशित

विराटनगर,

१ नम्बर प्रदेश अन्तर्गत शान्ति सुरक्षा कायम राख्ने कार्यमा नागरिक एवम् संस्थागत जिम्मेवारीप्रति सम्वेदनशील रहि आम नागरिकहरुलाई सुसुचित पार्न, टेलिभिजन मार्फत प्रहरी अनुरोध कार्यक्रम प्रशारण गर्ने कार्यमा सहकार्य गरी समाजमा सहयोगी भावना अभिवृद्घिमा अनुपम योगदान पुर्याएको साथै नेपाल प्रहरीलाई पुर्याएको अनुकरणीय सहयोग उच्च मुल्याङ्कन गदैं नेपाल सरकार गृह मन्त्रालय १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङले सुर्याेदय टेलिभिजन विर्तामोड झापा प्रदेश नम्बर १ लाई सम्मानसहित प्रशंसा पत्र प्रदान गरेको छ ।

शुक्रबार ६४ औँ प्रहरी दिवसका अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङले विराटनगरमा आयोजित विविध कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदान गरेको सम्मानसहितको प्रशंसा पत्र टेलिभिजनका कार्यक्रम प्रस्तोता लक्ष्मी उप्रेतीले ग्रहण गरेका थिए । प्रहरी संगठनले वैधानिकता प्राप्त गरेको ६४ वर्ष लामो एवम् गरीमामय इतिहासको हरेक वर्ष प्रहरी दिवस मनाउँदै आएको छ ।

मुख्यमन्त्री राईले १ नम्बर प्रदेशका आम नागरिकहरुलाई सुसुचित पार्न सुर्याेदय टेलिभिजनले अतुलनिय योगदान गरेको भन्दैं खुलेरै प्रशंसा गरेका थिए । मुख्यमन्त्री राईले ‘साधनादवी प्रहरी पराक्रम पुरस्कार’ कोषका संस्थापक वीपी कोइराला स्वास्थ्य विभान प्रतिष्ठान धरानका हाडजोर्नी विभागका प्रोफेसर डाक्टर विक्रमप्रसाद श्रेष्ठ र उनकी काकी श्रीमती सरला कायस्थालाई समेत सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दैं मुख्यमन्त्री राईले अहिले प्रदेश सरकार १ नम्बर प्रदेशलाई अपराध मुक्त प्रदेश निर्माणका लागि जुटेको बताउदैं हरेक नागरिकको जीउधनको सुरक्षा गर्नु सरकारको दायित्व भएको बताए । हरेक जनताको सहभागिता विना देशको विकास सम्भव नभएकाले समृद्घ नेपाल सुखी नेपालीको नारालाई साकार पार्न पनि जनतालाई सुरक्षाको ग्यारेन्टी तथा सुशासन कायमगरी हरेक नागरिकसँग सहकार्य समन्वय गदैं अघि बढ्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री राईको भनाई थियो ।

उनले अहिले सरकारको काँधमा निक्कै जिम्मेवारी रहेको बताउँदै जिम्मेवारीसँग चूनौति समेत रहेको धारणा राखेका थिए । अब चाडै १ नम्बर प्रदेश सरकारले प्रहरी ऐन ल्याउने र यसको तयारीमा जुटेको उनको भनाई थियो ।

कार्यक्रमका विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सुरक्षाकर्मीका सारा समस्याका बारेमा जानकार रहेको र अब प्रदेश सरकारले प्रहरीलाई उनीहरुको जिम्मेवारीमा लगाउने मात्र नभई व्यवस्थित आवास भोजनलगायत सेवा सुविधाका बारेमा समेत सोच विचारका साथ अघि बढेको बताए । उनले हरेक प्रहरीले जनता र देशको सुरक्षाका लागि उच्च मनोवलका साथ आफ्नो कर्तव्यमा लाग्न निर्देशन समेत दिए । कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री राईले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए भने अमर प्रहरीप्रति शोक सलामी अर्पण गरिएको थियो ।

कार्यक्रममा सहभागी अमर परिवारजन, पूर्व कर्मचारीहरु, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृतहरुले प्रहरी स्मारकमा वीर अमर प्रहरीप्रति श्रद्घा सुमन अर्पण गरेका थिए । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ६४ औँ प्रहरी दिवसका अवसरका पठाएको शुभकामना सन्देश प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम कडेलले वाचन गरेका थिए ।

कार्यक्रममा यसवर्षको ‘साधनादवी प्रहरी पराक्रम पुरस्कार’ १ नम्बर प्रदेशभरिबाट उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी जवान खेमनाथ भट्टराई र दोस्रो स्थानमा संयुक्तरुपमा प्रहरी जवानद्वय जिल्ला प्रहरी कार्यालय भोजपुरका सुरेन्द्र माझी तथा जिल्ला प्रहरी कार्यालय इलामका मुकुन्द माझीलाई प्रदान गरियो ।

जनही १ लाख रुपैयाँ तथा सम्मान पत्रसहितको पुरस्कार दाताकातर्फबाट वीपी कोइराला स्वास्थ्य विभान प्रतिष्ठान धरानका हाडजोर्नी विभागका प्रोफेसर डाक्टर विक्रमप्रसाद श्रेष्ठ र उनकी काकी श्रीमती सरला कायस्थाले संयुक्तरुपमा प्रदान गरेका थिए । प्रोफेसर डाक्टर श्रेष्ठले आफ्नी आमाको नाममा पुरस्कार स्थापना गरेका हुन् ।

१ नम्बर प्रदेश प्रहरी श्रीमती संघकातर्फबाट अमर प्रहरी परिवारलाई दोसल्लासहित सम्मान गरिएको थियो । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष ज्ञानु ज्ञवालीले दर्जनौ अमर प्रहरी परिवारलाई दोसल्लासहित सम्मान गरेक िथिईन् । यसैगरी प्रहरी दिवसको अवसरमा हरेक वर्ष प्रदान हुदैं आएको एसईई परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याउन सफल वहालवाला प्रहरी, पूर्व प्रहरी, अमर प्रहरीका जेहेन्दार सन्ततीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले छात्रावृत्ति प्रदान गरेका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले प्रहरी दिवसको अवसरमा नेपाल पुलिस स्कुलले सञ्चालन गरेको चित्रकला प्रतियोगिताका विजयीलाई पुरस्कार र प्रमाण पत्र समेत प्रदान गरेका थिए । मन्त्री कार्कीले ६४ औँ प्रहरी दिवसका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा आम नागरिकको जिम्मेवारप्रति संवेदनशिल रहेर विभिन्न प्रहरी कार्यालयहरुको लागि नयाँ भवन निर्माणार्थ निःशुल्क जग्गा प्रदान गर्नुहुने नौजना तथा शान्ति सुरक्षा अमनचयन कायम राख्न, अपराध रोकथान तथा अनुसन्धान गर्न, जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न जस्ता विभिन्न प्रहरी कार्यमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई समेत मुख्यमन्त्री राईले प्रशंसा पत्रसहित सम्मान गरेका थिए ।

कार्यक्रममा सहभागी सवैलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले मातृभूमिका वीरहरु इतिहासको गर्भमा समाहित हुने र वीरहरुको अमरत्प भावी पुस्ताका लागि प्रेरणाको अनन्त स्रोत बन्ने बताउँदैं

सहभागी सवैमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक देवीप्रसाद बराल र प्रहरी जवान पबिता शर्माले संयुक्तरुपमा गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here