अलैँची जोनका लागि २ करोड बजेट

0
642

ताप्लेजुङ ।

अलैँची जोन परियोजना कार्यान्वयन एकाइ ताप्लेजुङले चालू आर्थिक वर्षका लागि २ करोड १८ लाख २४ हजारबराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अलैँची जोन परियोजना कार्यान्वयन एकाइले चालू आवका लागि १ करोड ५८ लाख ४५ हजार कार्यक्रम सञ्चालन खर्च र ५९ लाख ७९ हजार रुपैयाँ प्रशासनिक, कार्यालय सञ्चालन, तलब तथा भत्ता शीर्षकमा खर्च गर्ने भएको हो ।

अलैँची जोन ताप्लेजुङका निमित्त कार्यालय प्रमुख करण श्रेष्ठले कम्तिमा ३० हजारदेखि बढीमा ६४ लाखसम्मका योजना तय गरिएका छन् । जोनले सबैभन्दा बढी सुधारिएको आधुनिक भट्टी निर्माणमा दिइने अनुदानका लागि ६४ लाख २० हजार रकम खर्च गर्ने भएको अलैँची जोन ताप्लेजुङका संयोजक दिनेश अधिकारीले जानकारी दिए ।

ताप्लेजुङका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक अरू ६० वटा वडामा अलैँची उत्पादन गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here