मेची क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन

२६ आश्विन २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड ।

झापाको मेची बहुमुखी क्याम्पस भद्रपुरमा अध्ययन गरेका पूर्व विद्याथीहरुको भेलाले पूर्व विद्यार्थी समाज गठन मेची बहुमुखी क्याम्पस भद्रपुर गठन गरेको छ ।

मेची बहुमुखी क्याम्पस भद्रपुरको शैक्षिक उन्नयन र श्रीवृद्धिका लागि सहयोग पुर्याउदै रचनात्मक क्रियाकलाप गर्ने उद्येश्यले मदनकुमार खरेलको अध्यक्षतामा पूर्व विद्यार्थी समाज मेची बहुमुखी क्याम्पस गठन गरिएको हो ।

नव गठित समितिको उपाध्यक्षमा केशव रेग्मी , सचिबमा तुलसीप्रसाद निरौला रहेका छन् । त्यस्तै सदस्यहरुमा महानन्द सिटौला, पदमप्रसाद बास्कोटा , कृष्णवावु रिजाल, खेमराज उप्रेती , पुन्यप्रसाद उप्रेती , राजन पोखरेल रहेका छन् ।

समाजले मेची बहुमुखी क्याम्पस भद्रपुरमा अध्ययन गरेका सबै पूर्व विद्याथीहरुलाई सहभागिता गराएर मेची बहुमुखी क्याम्पसलाई रचनात्मक तथा सृजनात्मक सहयोग गर्दै क्याम्पसको भौतिक बिकास तथा बिद्यार्थीहरुको शैक्षिक स्तरन्नोतिसहित अक्षयकोष स्थापना गरिने बताइएको छ ।

त्यस्तैं, मेची बहुमुखी क्याम्पस भद्रपुरमा अध्ययन गरेका पूर्व बिद्यार्थीहरु सरकारी निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र संघ–संस्था, व्यवसाय वा कंम्पनी सञ्चालक र कार्यरत कर्मचारी , जनप्रतिनिधि , क्याम्पसको स्थापनादेखी हालसम्म अध्यापन गर्ने कार्यरत शिक्षक ,कर्मचारीहरुको सम्पूर्ण बिवरण (तथ्याङ्क) हरुसहितको स्मारिका प्रकाशन गरिने बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here