चिनियाँ राष्ट्रपतिको भ्रमण भव्य रुपमा सम्पन्न भयो– प्रधानमन्त्री ओली

२६ आश्विन २०७६, आईतवार मा प्रकाशित

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका छन् ।
२ दिने राजकीय भ्रमण सकेर सी स्वदेश फर्किपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फ भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा एउटा सन्देश लेख्दै प्रधानमन्त्री ओलीले ‘सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका हुन् ।

सीको भ्रमणबाट नेपाल–चीनबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको पनि ओलीले दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटमा भनेका छन्– मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here