बेवारिसे सडक मानवलाई टीका

0
808

भक्तपुर,

मानव कल्याण समाज (सेवाघर) खरिपाटी भक्तपुरमा रहेका बेसाहारा बाल, युवा र वृद्धलाई नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र प्रतिनिधिसभाका सांसद महेश बस्नेतले टीका तथा जमरा लगाइ दिनुभएको छ ।

सडकमा अलपत्र रहेका सडक मानव उद्धार गरी सेवाघरमा बसेका घरवारविहीन र सहयोगापेक्षी बेसाहारा बाल, युवा र वृद्धलाई बडादशैँ २०७६ को अवसरमा आइतबार उहाँहरुले सामूहिक टीका तथा जमरा लगाइ दिनुभएको हो ।

कार्यक्रममा सांसद बस्नेतले भक्तपुर जिल्लालाई बेवारिसे सडक मानवमुक्त बनाउने अभियानलाई मानव कल्याण समाज (सेवाघर) ले गरेको कार्यको सराहना गर्दै अब तिहारपछि भक्तपुरलाई सडक मानवमुक्त जिल्ला घोषणा गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा डा कोइराला, बस्नेतलगायतले सेवा घरमा रहेका ६१ जना बेवारिसे सडक मानवलाई टीका लगाइ दिनुभएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद सञ्जय गौतम, प्रदेश नं ३ का सांसद रजनी जोन्छे, समाजवाद अध्ययन केन्द्रका संरक्षक संस्कृत विश्वविद्यालयका सहप्राध्यापक शान्तिकृष्ण अधिकारी, काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, सचिव निशान ढुङ्गेल, नेताहरु राजाराम खड्का, विनोद कायस्थ, कृष्णलाल भडेललगायतका नेताको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here