नेपाल–चीन मित्रता र सी चिनफिङको भ्रमण

२७ आश्विन २०७६, सोमबार मा प्रकाशित

तीर्थराज खरेल,

अमेरिकी र जापानी साम्राज्यवाद र थिचोमिचोको अपमान र कहर काटेर लगन, मेहनत र देशभक्तिको भावनाले ओतप्रोत भएर छोटो अवधिमा चीनले अभूतपूर्व विकास गरेको छ । चिनिया कम्युनिष्ट पार्टीको नेतृत्वमा दीर्घकालीन जनयुद्धको गाउँले शहर घेर्ने रणनीति अनुरुप च्याङकाई सेकको सत्तालाई उल्टाएर चीनमा साम्यवादी सत्ता स्थापना भएको थियो सन् १९४९ मा । त्यसयता आफैभित्रका अनेकौं नीति र रणनीतिमा फेरबदल गर्दै चीन आज संसारकै सम्पन्न र विश्वशक्तिको रुपमा उभिन सफल भएको छ ।

परापूर्वकालदेखि चलिआएको नेपालको चीनसँगको सम्बन्धको हालै सम्पन्न चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमणले नयाँ उचाइमा पु¥याउँदै नवीकरण गरेको छ । नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको छ । पञ्चशीलमा आधारित दुई देशबीचको न्यानो सम्बन्धलाई यो भ्रमणले थप उचाइमा लैजानेमा सबै पषको विश्वास छ । मूल कुरा व्यापारिक र आर्थिक होइन, दुर्य असल छिमेकीबीचको पारस्परिक विश्वास, सम्मान र हितमा आधारित सु–सम्बन्ध हो । घनिष्ठ, मजबुत तथा समस्यारहित रहेको सम्बन्धलाई अझ प्रगाढ बनाउन यो भ्रमण सफल भएको छ ।

नेपाल र चीनबीचको सम्बन्ध राज्यस्तरमा मात्र सीमित छैन, यो त सदियौंदेखि सामाजिक, सांस्कृतिक सम्पर्कमा आधारित छ । चिनियाँ भिक्षु फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएको आज सबैले स्मरण गर्ने विषय हो ।

चीन नेपालको असल छिमेकी हो । उसले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गरेको इतिहास छैन । नोपलमा राजतन्त्र, संसदीय प्रजातन्त्र वा गणतन्त्र जस्तो व्यवस्था भए पनि उसले एकै प्रकारको शान्त कूटनीति अबलम्बन गर्दै आएको छ । नेपालमा राजनीतिक स्थायित्वसँगै सामाजिक सद्भाव र शान्ति कायम भएकामा चीन अत्यन्त खुशी लागेको, चीन र नेपालबीच राजनीतिक एवम् जनस्तरमा अझ घनिष्ठ सम्बन्ध कायम भएको र दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा पारस्परिक मैत्री अझ झाँगिएको राष्ट्रपति सी जिन फिङले बताएका छन् । दुई देशको सम्बन्धमा केही समस्या छैन, मित्रता मात्र छ भन्दै राष्ट्रपति सीले भूपरिवेष्ठित (ल्याण्डलक्ड्) नेपाललाई भूजडित (ल्याण्डलिङ्क्ड्) तुल्याउन चीनले नेपाललाई मद्दत गर्ने प्रतिबद्धता व्यक्त गर्नु आफैमा महत्वपूर्ण कुरा हो । बढीभन्दा बढी व्यापारिक नाका खोल्न र भूकम्पपछिको पुनःनिर्माणमा अझ सहायता वृद्धि गर्न चीनले चाहेको छ ।

शैक्षिक क्षेत्रमा लगानी बढाउने, बढीभन्दा बढी चिनियाँलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने र जलवायु परिवर्तन सम्बन्धी नेपालको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै चिनियाँ राष्ट्रपतिले हाम्रो साझा गृह पृथ्वीको रक्षा र सगरमाथा क्षेत्रको पर्यावरणीय सन्तुलन कायम गर्न पनि सघाइने उनले दृढता व्यक्त गरेका छन् ।

चीन र नेपालबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुबै देशले एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएका छन् । दुई देशबीचको पारस्परिक सम्मान, मैत्रीपूर्ण सहयोगको सम्बन्ध छिमेकी मुलुकहरूबीचको राम्रो सम्बन्धको नमूना बनेको मान्न सकिन्छरु। चीन र नेपाल शान्तिपूर्ण सहअस्तित्वका पाँच वटा सिद्धान्तका आधारमा दुवै पक्षले एकअर्काको मुख्य चासोका विषयलाई दृढताका साथ समर्थन गर्दछन् र सोही अनुरुप नेपाल एकमात्र चीनको नीतिमा अडिग रहेको, त्यसको दृढताका साथ पालना गरेको छ र कुनै पनि शक्तिलाई नेपालको भूमि प्रयोग गरी चीन विरोधी गतिविधि सञ्चालन गर्न दिएको छैन ।

चीनले राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता, देशको अखण्डताको रक्षा गर्न र देशको अवस्था अनुरूपमा विकास मार्ग अपनाउन नेपाललाई दृढतापूर्वक समर्थन गरेको छ । चीन र नेपाल आपसी लाभ र हितका सहयोगका लागि असल साझेदार हुन् । दक्षिण एसियामा नेपाल चीनको व्यापार तथा विकासको महत्वपूर्ण साझेदार हो । गत वर्षमा द्विपक्षीय व्यापार परिमाण १.१ अर्ब अमेरिकी डलर पुगेको थियो । चीनले नेपालमा ३० करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेको थियो । नेपालले ‘बेल्ट एण्ड रोड’ पहलको निर्माणमा सक्रियताका साथ भाग लिइरहेको छ र राजमार्ग निर्माण तथा स्तरोन्नति, बन्दरगाह, विमानस्थल, विद्युत् केन्द्र लगायत भौतिक पूर्वाधारको निर्माणमा चीनसँग सहकार्य गर्दैछ । यसरी हिमालय वारिपारि ‘कनेक्टिभिटी नेटवर्क’को निर्माण विस्तारै हुँदैछ, जसबाट दुवै देशमात्र होइन, सम्पूर्ण क्षेत्र नै लाभान्वित हुनेछ ।

वर्तमानमा नेपाल सरकार र नेपाली जनता ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि अघि बढिरहेकोमा त्यसका लागि आवश्यक सहयोग गर्न चीन तयार देखिएका छ । चिनियाँ राष्ट्रपति सीले चिनियाँ र नेपाली जनताको सपना र भाग्य सँगै जोडिएको हुँदा यस युगमा दुई देशले आपसी सहयोगलाई सुदृढ पार्दै उज्ज्वल भविष्यका लागि संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । रणनीतिक सञ्चारलाई प्रगाढ बनाउन नयाँ युगमा चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन दुबै पक्षले दीर्घकालीन सम्बन्धका खाका तयार व्यवहारिक सहयोगको विस्तार गर्न आवश्यक रहेको सीको जोड छ ।

हुन त चीनसँगको नेपालको सम्बन्धलाई राजनीतिको सैद्धान्तिक दायरामा राखेर हेर्ने संकीर्ण सोच पनि रहेका छन् । तर, चीनले न त विगतमा नेपालमा आफ्नो राजनैतिक प्रभुत्व लाद्ने काम नै ग¥यो, न त भविष्यमा त्यस्तो होला भनी अनुमान लगाउन सकिन्छ । व्यापार, वाणिज्य, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा चीनले हासिल गरेको विकासबाट हामीले सिक्दा केही फरक पर्दैन र त्यसैगरी यही कुरा भारत, बेलायत, अमेरिका, इजरायल र दक्षिण कोरिया लगायतका मुलुकबाट सिक्दा केही फरक पर्दैन । तर, यही कुरालाई नेपालभित्र संशयको चश्माले हेर्नु गलत हो । नेपालको राजनीतिक व्यवस्था नेपालकै इतिहास र परिवेशबाट निर्दिष्ट हुनेमा शंका छैन ।

चीनले नेपाललाई व्यापार र लगानी, पुनर्निर्माण, ऊर्जा र पर्यटन– यी चार क्षेत्रमा लगानी गर्न तयार रहेको छ । चीनले नेपालको ‘नेपाल पर्यटन वर्ष–२०२०’ को पूर्ण समर्थन गर्दै र अझ बढी चिनियाँ नागरिकहरूलाई नेपालमा भ्रमण गर्न प्रोत्साहित गर्ने जनाएको छ । थोपा–थोपा मिलेर समुद्र बन्ने र सबैले दाउरा थप्दै गएमा आगोको ज्वाला अझै ठूलो हुँदै जानेमा विश्वास गर्नुपर्ने राष्ट्रपति सीले बताएका छन् । दुवै देशले मैत्रीपूर्ण परम्परालाई अगाडि बढाउने र निरन्तर रूपमा आदानप्रदान र सहयोगलाई विस्तार गर्दै जाने र चीन र नेपालको हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुग्ने विश्वास गर्न सकिन्छ । सीको भ्रमणले दुई देशको मित्रताले एक तह माथिको यात्रा तय गरेको छ र आपसी सम्बन्ध अझ सुदृढ बनेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here