दाल–चामल किन्दा स्कुटर

२७ आश्विन २०७६, सोमबार मा प्रकाशित

बिर्तामोड।

झापा अर्जुनधारा– ५ कि शारदा भट्टराई आइतवार औधी खुशी भइन् । उनी खुशी हुनुको कारण थियो नयाँ स्कुटर प्राप्त गर्नु ।

बैदेशिक रोजगारको सिलसिलामा युएईमा कार्यरत् झापालीहरुको लगानीमा झापाको लक्ष्मीपुरमा स्थापना भएको ड्रिम फ्युजन डिपार्टमेन्टल स्टोरमा दशैंका लागि दाल, चामल लगायतका खाद्यान्न किनेकी शारदाले नयाँ स्कुटर प्राप्त गर्दा उनमा खुशीको सिमा नै थिएन ।

एक वर्षअघि स्थापना भएको ड्रिम फ्युजन डिपार्टमेन्टल स्टोरले प्रथम बार्षिकोत्सवको अवसरमा स्थापनाकै दिनदेखि एक वर्षभित्रमा दुई हजार रुपैयाँभन्दा बढीको किनमेल गर्ने ग्राहकहरु मध्ये एक जनालाई गोलाप्रथाबाट स्कुटर उपहार प्रदान गरिने योजना अन्तर्गत शारदाले आइतबार खोलिएको बम्पर उपहारमा नयाँ स्कुटर प्राप्त गरेकी हुन् ।

झापाली एकता बचत कोषको नाममा सन् २०१७ जनवरीदेखि वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका झापाली युवाहरुले कमाइको केही अंश नियमित बचत गर्दै ड्रिम फ्युजन इन्भेष्टमेन्ट प्रालि दर्ता गरी युएईमा मासिक रूपमा संकलन भएको पँुजीमा केही थपथाप गरी ५० लाख रुपैयाँको लगानीमा लक्ष्मीपुरमा ड्रिम फ्युजन डिपार्टमेन्टल स्टोर स्थापना गरिएको कम्पनीका अध्यक्ष अशोक चापागाईंले बताएका छन् ।

स्टोरमा दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण सामग्रीहरुदेखि बिलासिताका सामग्रीहरुका साथमा लत्ताकपडा र खाद्यान्नहरु पनि उपलब्ध हुने संस्थाका सचिव वासु चापागाईंले जानकारी दिएका छन् ।

संस्थाका अध्यक्ष अशोक चापागाईंको अध्यक्षता तथा अर्जुनधारा–५ का वडाध्यक्ष ध्यानबहादुर भारतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्देशक अर्जुन भट्टराईले स्वागत गरेका थिए ।

कार्यक्रममा लक्ष्मीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष नेत्र नेपाल , अर्जुनधारा–५ का वडा सदस्यहरु सकुन्तला घिमिरे, लक्ष्मीपुर प्रहरी बिटका प्रहरी सहायक निरीक्षक रामबहादुर थापा, संस्थाकी उपाध्यक्ष लीला विमली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव वासु चापागाईंले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here