बाँसको फड्केबाट खस्दा…

२७ आश्विन २०७६, सोमबार मा प्रकाशित

खोटाङ ।

पूर्वी पहाडी जिल्ला खोटाङमा खोला तर्नको लागि हालिएको बाँसको फड्केबाट खस्दा एक किशोरीको मृत्यु भएको छ ।

बाँसको फड्केबाट खस्दा केपिलासगढी गाउँपालिका १ फेदीकी १३ वर्षीया आयुष्मा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

खोला तर्नका लागि हालिएको फड्केबाट आइतबार दिउँसो खसेकी बालिकाको शव झण्डै एक सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here