महरालाई भोलि अदालत पेश गरिँदै

२७ आश्विन २०७६, सोमबार मा प्रकाशित

काठमाडौं ।

दशैँ विदामा बन्द भएका देशभरका अदालत मंगलबारबाट मात्रै खुल्ने भएका छन्। दशैंको विदामा बन्द अदालतलाई पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा आज विदा दिइएको हो ।

पूर्व प्रधानन्यायधीश उपाध्यायको गत असोज १० गते निधन भएको थियो । पूर्व प्रधानन्यायाधीश उपाध्यायको निधनको शोकमा देशभरका अदालत तथा न्यायाधिकरणहरुमा एक दिन शोक विदा दिने प्रचलनअनुसार विदा दिने निर्णय गरिएको सर्वोच्च अदालतद्वारा जारी सूचनामा उल्लेख छ ।

अदालतहरुमा गत असोज १२ गते घटस्थापनाको दिनदेखि हिजो २६ गते कोजाग्रत पूर्णिमासम्म दशैं विदा दिइएको थियो ।  बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालत खुलेलगत्तै भोलि काठमाडौं जिल्ला अदालतमा पेश गरिने जानकारी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले दिएका छन्।–थाहाखबरबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here