अन्तर्राष्टिय झापाली समाजलाई सामुदायिक प्रहरीको सम्मान

२७ आश्विन २०७६, सोमबार मा प्रकाशित

बिर्तामोड ।

अन्तराष्टिय झापाली समाजका पदाधिकारीहरुलाइ सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र विर्तामोडले सम्मान गरेको छ ।

सोमवार सेवा केन्द्र परिसरमा एक कार्यक्रमका विच अन्तराष्टिय झापाली समाजलाइ सम्मान गरेको हो ।सम्मानितहरुमा निर्वतमान अध्यक्ष तथा सरक्षक दिनेश पोखरेल,बरिष्ठ उपाध्यक्ष दिपक खनाल,उपाध्याक्ष कृष्ण चापाँगाइ,अष्टेलिया झापाली समाजका अध्यक्ष दिपक चुडाल,सचिव रुपराज मैनाली सम्मानित भएका हुन ।

झापाली माटोमा हुर्किएर विदेशमा गइ नेपालको झापामा गरिएको लगानीको मुल्याकन गर्दै सेवा केन्द्रले सम्मान गरेको केन्द्रका प्रेस सयोँजक राज कुमार ओलीले जानकारी दिएका छन।

विर्तामोड नगरपालिका ४का वडा अध्यक्ष कुल प्रसाद सग्रौलाको प्रमुख आथित्यतामा भएको सम्मान कार्यक्रममा रिभर साइड फाउण्डेशनका अध्यक्ष सन्जिव चापाँगाइ,सुन्दर टोलका अध्यक्ष रघुनाथ थपलिया,इलाका प्रहरी कार्यलय विर्तामोडका प्रहरी निरीक्षक सुनिल श्रेष्ठ,लगाएतले सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका कामको मुल्याकन गर्दै भोलिको दिनमा अझ ससक्त भुमिका निर्वाह गर्न सुझाव दिएका थिए।

कार्यक्रममा महासचिव लक्ष्मी गौतमको सञ्चालन तथा अध्यक्ष उत्तम खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here