बुबाको मृत्युपछि छोरीको पढाई खर्चका लागि सात लाख सहयोग [तस्बीर सहित]


२७ आश्विन २०७६, सोमबार १५:३९ मा प्रकासित
  • 13
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

झापा, बाह्रदशी गाउँपालिका वडा नम्वर – ७ डाँगीवारी निवासी ३८ वर्षीय पुष्प लम्सालको ब्लड क्यान्सरबाट मृत्यु भएपछि तीन वर्षीया छोरीको पठन पाठनका लागि भन्दै प्रवासमा रहेका नेपालीले झण्डै सातलाख रुपैयाँ सहयोग गरेका छन् ।
व्यवसायी संघ कतारका अध्यक्ष तथा अन्तराष्ट्रिय झापाली समाजका प्रवत्ता समेत रहनु भएका महेन्द्र चम्लागाईको नेतृत्वमा ६ लाख ७१ हजार ३ सय ८९ रुपैयाँ मृतककी छोरी समिरा लम्सालको पढाई खर्चका लागि भन्दै आज प्रदान गरियो ।
बिर्तामोडस्थित नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा आयोजित रकम हस्तान्तरण समारोहमा अन्तराष्ट्रिय झापाली समाजका प्रवत्ता चम्लागाईले मृतककी श्रीमती मिरा काफ्ले लम्साल र वुवा नारायणप्रसाद लम्साललाई सो रकम हस्तान्तरण गर्नुभएको थियो ।
रकम हस्तान्तरण समारोहमा बोल्दै चम्लगाईले भन्नुभयो – पुष्प जी विरामी भएको र उपचारका लागि मोटो रकम चाहिने भएपछि हामीले कतार र दुवइमा रहेका प्रवासी नेपालीबाट रकम सङ्कलन गर्न शुरु गरेका थियौं तर उहाँको उपचारकै क्रममा निधन भएपछि उक्त रकम छोरीको पढाई खर्चका लागि प्रदान गरिएको हो ।
लम्सालको उपचारका लागि कतारबाट ४ लाख ५० हजार र दुवईबाट २ लाख २१ हजार ३ सय ८९ रुपैयाँ संकलन गरिएको हो– चम्लगाईले भन्नुभयो ।

Advertisement


पुष्पजीको उपचारका लागि म आफैंले मात्रै दुई लाख रुपैयाँ प्रदान गरेको थिए उहाँले भन्नुभयो – म सहिहत प्रेम चम्लगाईबाट २५ हजार, जीवन चम्लगाईबाट २५ हजार प्रदान गरिएको थियो ।

त्यस्तै उहाँको उपचारका लागि अन्य प्रवासमा रहेका थुप्रै नेपालीले सहयोग गरेको चम्लगाईले बताउनुभयो ।
समिराको पठन पाठनका लागि प्रवासी नेपालीले ६ लाख ७१ हजार ३ सय ८९ रुपैयाँ सहयोग प्रदान गरेपछि समिराका हजुरवुवा नारायण प्रसादले समेत २८ हजार ६ सय ११ रुपैयाँ नातीनीलाई प्रदान गर्दै सात लाख रुपैयाँको नेपाल इन्भेष्टमेन्ट बैंकमा मुद्दति वचत खाता खोलेर रकम जम्मा गरिएको छ ।
लम्सालको ब्लड क्यान्सरको कारण गत असोज १२ गते उपचारकै क्रममा सिभिल अस्पपताल काठमाडौंमा मृत्यु भएको थियो ।

 

SN NAME AMOUNT ADDRESS RECEIVER
1 BISHAL SHRESTHA QAR 500.00 DANGIBARI SUBASH
2 BISHNU KARKI QAR 351.00 DANGIBARI SUBASH
3 SUBASH SHRESTHA QAR 300.00 DANGIBARI SUBASH
4 KRISHNA RAI QAR 100.00 DANGIBARI DEEPAK
5 DEEPAK BUDHATHOKI QAR 150.00 DANGIBARI DEEPAK
6 OM PRAKASH YADAV QAR 100.00 DANGIBARI DEEPAK
7 MOTI LAL DHAKAL QAR 151.00 DANGIBARI SUBASH
8 RAJ KUMAR CHOUDHARY QAR 150.00 DANGIBARI DEEPAK
9 RAJESH YADAV QAR 50.00 DANGIBARI SUBASH
10 RAJEEV CHAMLAGAI QAR 100.00 DANGIBARI SUBASH
11 DILLI CHAMLAGAI QAR 111.00 DANGIBARI DEEPAK
12 JIT BAHADUR TAMANG QAR 101.00 DANGIBARI DEEPAK
13 RAMESH BUDHATHOKI QAR 101.00 DANGIBARI SUBASH
14 RAM BDR BUDHATHOKI QAR 150.00 DANGIBARI SUBASH
15 MILAN KUMAR ROKA QAR 100.00 DANGIBARI SUBASH
16 PRAKASH KARKI QAR 121.00 DANGIBARI SUBASH
17 MANI KUMAR SHRESTHA QAR 150.00 DANGIBARI SUBASH
18 DURGA PRADHAN QAR 150.00 DANGIBARI SUBASH
19 BIKRAM KARKI QAR 101.00 DANGIBARI SUBASH
20 GOPAL KARKI QAR 51.00 DANGIBARI SUBASH
21 PHANINDRA UPRETY QAR 111.00 DANGIBARI DEEPAK
22 HARI PRASAD CHAMLAGAI QAR 500.00 DANGIBARI DEEPAK
23 SARKAR HEMRAM QAR 100.00 DANGIBARI DEEPAK
24 MANOJ HEMRAM QAR 51.00 DANGIBARI DEEPAK
25 AJAY TIWARI QAR 51.00 DANGIBARI DEEPAK
26 SANTOSH CHAMLAGAI QAR 105.00 DANGIBARI DEEPAK
27 AMIT CHOUDHARY QAR 101.00 DANGIBARI DEEPAK
28 SUDARSHAN ROKA QAR 101.00 DANGIBARI SUBASH
29 RAJU KARKI QAR 101.00 DANGIBARI SUBASH
30 SUNIL RAJBANSHI QAR 151.00 DANGIBARI DEEPAK
31 GOPALCHAMLAGAI QAR 100.00 DANGIBARI DEEPAK
32 DEEPAK CHOUDHARY QAR 101.00 DANGIBARI SUBASH
33 DEEPESH KARKI QAR 51.00 DANGIBARI SUBASH
34 MANGAL TUDU QAR 51.00 CHAMPAPUR DEEPAK
35 SUMAN CHOUDHARY QAR 101.00 DANGIBARI DEEPAK
36 BINOD AGHORI QAR 101.00 DANGIBARI DEEPAK
37 MAHENDRA CHAMLAGAI NRS. 200,000 DANGIBARI SELF
38 SUNAM CHAMLAGAI QAR 100.00 DANGIBARI DEEPAK
39 AMBIKA ACHARYA QAR 101.00 DANGIBARI DEEPAK
40 DHAN BDR KC QAR 121.00 DANGIBARI DEEPAK
41 DEEPAK KARKI QAR 201.00 DANGIBARI SUBASH
42 SHUK LAL SATAR QAR 55.00 DANGIBARI DEEPAK
43 NARENDRA ADHIKARI QAR 150.00 DANGIBARI DEEPAK
44 BISHNU SHRESTHA QAR 100.00 DANGIBARI SUBASH
45 DIPENDRA BASNET QAR 111.00 DANGIBARI DEEPAK
46 BIJAYA CHOUDHARY QAR 101.00 DANGIBARI SUBASH
47 BHAGWAN KARKI QAR 100.00 GHAILADUBBA DEEPAK
48 RAJU BHATTARAI QAR 100.00 DANGIBARI DEEPAK
49 NAWARAJ CHAMLAGAI QAR 111.00 DANGIBARI DEEPAK
50 CHANDRA DAHAL QAR 101.00 LAKHANPUR DEEPAK
TOTAL AMOUNT QAR 6,417.00
MAHENDRA DAI NRS.200,000/-
Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्