विमानस्थल भित्रै सांसद साहले गरे तोडफोड

२८ आश्विन २०७६, मंगलवार मा प्रकाशित

काठमाडौं,

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद साहले सोमबार दिउँसो जनकपुर विमानस्थलमा तोडफोड गरेका छन्।उनले बुद्ध एयरको काउन्टर र विशिष्ट पाहुना कक्षको टेबल तोडफोड गरेका हुन्।

जनकपुरबाट काठमाडौंका लागि ११ः४० बजेको उडान समय तोकिएको बुद्ध एयरअको ५१० एटीअवार ७२ का लागि बोर्डिङ पास लिएर सांसद साह विशिष्ट पाहुना कक्षमा बसेका थिए।

‘एयरक्राफ्ट होल्डमा परेकाले निर्धारित समयभन्दा ढिला हुने जानकारी निरन्तर गराइरहेका थियौं,’ बुद्ध एयरका जनकपुर प्रमुख विजय सिंहले भने, ‘सबै यात्रु शान्तिपूर्वक बसिरहनुभएको थियो, सांसद प्रमोद साहले भने विशिष्ट कक्षबाट जंगिँदै आएर हाम्रो काउन्टरको सिसा फुटाउनुभयो।’

यो खबर नागरिक दैनिकमा छ। नियमित पाँच उडान रहेको जनकपुरमा आइतबार सबै उडान रद्द् भएपछि सोमबार उडान थप गरिएकाले एयर ट्राफिक बढेको र उडानमा ढिलाइ भएको बताउँदै सिंहले सांसद जस्तो मान्छे तोडफोडमा उत्रिनु दुःखद भएको उल्लेख गरे।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here