इको टुरिजम उद्यान शिलान्यास

0
1856

चितवन,

पूर्वी चितवनको राप्ती नगरपालिकामा निर्माण गर्न लागिएको इको टुरिजम उद्यान सञ्चालनमा ल्याइने भएको छ ।

प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले सोमबार सो उद्यान शिलान्यास गर्नुभएको हो । वनको आयआर्जनका लागि रु पाँच करोडको लागमा शिखर हरियाली सामुदायिक वनको १३ बिघा जमीनमा अत्याधुनिक सामुदायिक उद्यान निर्माण गर्न लागिएको छ ।

उद्यान परिसरमा स्वीमिङ पुल, बाल उद्यान, फूलको बगैँचा, पानीको फोहोरा, वनभोजस्थल, आरामका लागि गोलघर, बिजुलीको व्यवस्था हुने सामुदायिक वनका अध्यक्ष केदार आचार्यले जानकारी दिनुभयो ।

उद्यान निर्माणको जिम्मा पाएको सेभ इञ्जिनीयरिङ कन्स्ट्रक्सन प्रालिले १८ महीनाभित्र निर्माण गर्नेगरी सम्झौता गरेको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले उद्यान निर्माणपछि पूर्वी चितवनको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here