देशको विकास गर्न नेता र जनता सुध्रनुपर्छ

0
654

रामचन्द्र उप्रेती,

समग्रमा हामी दुनियाँका अगाडि गरीब देशका गरीब जनता हौं । देशभित्र भने कोही गरीब, अति गरीब, मध्यम र धनीमा वर्गीकरण हुन सक्छौं । गरीब भनेको आर्थिक अवस्था मात्रै होइन चेतना पनि हो । गरिबीमा भएका मानिसको स्वास्थ अवस्था कमजोर हुन्छ । सरसफाई कमजोर हुन्छ, शिक्षामा पछाडि हुन्छन् । अवसरमा ठगिएका अर्थात् वञ्चित हुन्छन् । गरिबीमा जीवन जिउने मानिस वा समुदाय शोषणमा परेका हुन्छन् । गरिबी पछौटे जीवन जिउन बाध्य मानिसलाई शोषण उत्पीडन गर्ने मानिस कतै टाढाबाट आएको हुँदैन त्यही नजिकै भएको अलि सम्पन्न मानिसका कारण धेरै साधारण मानिस ठगिने र शोषणमा पर्ने हुन्छन् ।

हामी गरीब हुनु, समस्यामा परिरहनु, शिक्षा, स्वास्थ, आवास, भोजन, प्रयाप्त धन आदि हामीसँग नहुनुको मुख्य कारण पहिला–पहिलाका अर्थात् अलि पाका उमेरका मानिस आफ्नै भाग्यलाई दोष दिन्थे÷दिन्छौं पनि । हामी भगवानसँग प्रार्थना, भाकल गरेर भाग्य सपार्न र दुःख–कष्टबाट पार पाउने उपाय खोज्ने गर्छौं । किनकि हामीलाई पुस्तौंपुस्तादेखि यसै भन्न र गर्न सिकाइयो । हामीले जे देख्यौं, जे सुन्यौं त्यही सिक्ने हो । अहिलेको पुस्ता आफ्नो गरिबी, पछौटेपन र संकटका लागि नेता र सरकारलाई बढी दोष दिन्छन् र आक्रोश पोख्छन् । यो धेरै बेठिक होइन । किनकि नेताका कारण समाजको विकास हुन सकेन भन्ने कुरामा सत्यता छ । सरकारमा बस्नेहरुले जनताको भलाईभन्दा पनि आफ्नै भलाईलाई प्राथमिकता दिए । लामो समयदेखि देशमा यस्तै अवस्था चलिरहेको कारण कसैले अर्थात् कुनै नेताले देशको जनताको हितमा काम गर्न खोज्यो भने पनि जनतालाई पत्याउन मुस्किल पर्छ । आम मानिसमा पनि कस्तो बानीको विकास भएको छ भने यो सरकार, यी नेताले समग्र हितको काम गरुन् भन्ने भन्दा पनि मेरो हितमा यी नेताले काम गरुन् अरु जेसुकै होस् भन्नेमा छौं भन्दा अत्युक्ति हुँदैन ।

हामी धनले मात्रै गरीब भएका होइनौं भन्ने मेरो बुझाई हो । मानसिकरुपमा पनि निकै कमजोर छौं । विज्ञापनको भर परेर हर्लिक्सले ब्रेनको विकास गर्छ र उचाई बढाउँछ भन्दा पत्याउँछौं । चाउचाउको प्याकेट, कोकाकोलाका बोतलको बिर्को, इनर्जी ड्रिङ्सको नाममा रेडबुल र यस्तै डिब्बामा भाग्य छ कि भनेर खोज्ने गर्छौं । यस्ता बहुर्राष्ट्रिय कम्पनिका उत्पादन बिक्री गर्न प्रेशित विज्ञापनलाई छाडा छोड्ने सरकार र पत्याउने जनता उस्तै–उस्तै हौं । अर्थात् दुबै गलत छन्÷छौं । आफ्ना साना–साना बालबालिकालाई बजारे अस्वस्थकर जङ्कपूmड खानु हँुदैन भनेर सम्झाउन नसक्ने बाबुआमा, त्यस्ता सामान नजाँची नहेरी निर्वाध र खुल्ला बिक्री गर्न दिने सरकार, धेरै नाफा हुने बस्तु जस्तो भए पनि राम्रो छ भनेर बेच्ने व्यापारी व्यवसायी सबैको चेतना सभ्य र स्वस्थ समाजका बाधक हुन् ।

पोलेको, पटक–पटक तेलमा तारेको, भुटेको, बासी, म्याद नाघेको, सरसफाईको मापदण्ड पूरा नगरेको, फोहर पानीको प्रयोग भएको, सडेगलेको, खुल्ला स्थानमा नछोपी राखेको तयारी खाना खाने, बेच्ने, निर्वाध बेच्न दिने सबै दोषी छौं । यो हाम्रो पछौटेपन र गरिबीको कारण हो । के खाने, कति खाने, कसरी खाने, कस्तो खाने, कहिले खाने भन्ने भेद नभएपछि जस्तो भेटियो त्यस्तै खायो गरेपछि ज्यान त खराब हुने नै भयो । ज्यान नै रोगी भएपछि उत्पादकत्व कम हुने र खर्च बढ्ने नै भयो । छिटो धनी हुने चाहना, सजिलो कमाईको सोच, धुर्त र ठगका कुरा सजिलै पत्याउने चलन अर्थात् हाम्रो आफ्नै सोझो पन आदि कारणले गरिबी नै बढाउने हो । त्यसमाथि सरकारको सोच, कार्यशैलीले पनि कहिलेकाहीँ आम मानिसलाईभन्दा केही धुर्तहरुलाई सघाई रहेको हुन्छ ।

हामी सभ्य हुन हाम्रो आनिबानीमा सुधारको आवश्यकता छ । आनिबानीको सुधार सरकारले गर्ने नभई आफ्ना लागि आपैmले गर्ने हो । जस्तै स्वास्थलाई हानी गर्ने वस्तु उपभोग नगर्ने हामी आपैmले हो । झुक्याएर र गलत भनेर बिक्री गरेको रहेछ भने कार्वाही गर्ने जिम्मा सरकारको हो । यस्ता विषयमा थाहा पाएको कुराको सूचना दिने जिम्मा हामी नागरिकको हो । स्थानीय तहको सरकारले आफ्नो क्षेत्रभित्र जस्तोसुकै व्यवसाय गरे पनि दर्ता गर्नुपर्ने नियम राख्न सक्छ । दर्ता गर्नुको अर्थ राजश्व तिर्नुपर्छ मात्रै होइन । सूचीकृत भएर सरकारको नजरमा म यो काम गर्दैछु, नियम अनुसार गर्दैछु, म स्वरोजगार छु भनेर सूचीकृत हुनु हो । यसरी सूचीकृत हुनु गौरवको विषय हो भनेर बुझाउन प्रयास गर्नुपर्छ, बुझाउनुपर्छ र सबै व्यवसायलाई अनिवार्य सूचीकृत गराउनुपर्छ । हामी आम मानिस पनि भरसक सूचीकृत हुन चाहदैनौं । अहिलेसम्म सूचीकृत नभएरै भएको छ । किन सूचीकृत हुनुप¥यो ? के कर लगाउन त होला नि ? सरकारले के दिएको छ र ? भनेर हामी आपैm पन्छिन्छौं । यो हाम्रो पछौटेपनको कारण हो ।

हामी आफ्नै ज्यानको, घरको, व्यवसायको सरसफाईमा निकै कमजोर छौं । सार्वजनिक स्थलको सरसफाई त हाम्रो विषय नै होइन भन्ने बुझाई छ । घरमा भएको शौचालय कतिको सफा छ ? भान्साघरको अवस्था कस्तो छ ? पिउने पानी कतिको सफा छ । घरका भुई, भित्ता, आँगन, प्रयोग गरिने बस्तु कतिको सफा छन् ? गोठ, पसल, व्यवसाय आदिको सरसफाईमा कतिको ध्यान दिने गरेका छौं । यो हाम्रो गरिबी मात्रै होइन । हाम्रो चेतना कमजोर छ भने आम्दानी जतिसुकै राम्रो भए पनि सरसफाईमा खासै ध्यान जादैन । यो हाम्रो सभ्यतासँग गासिएको विषय हो ।

आज शौचालय नभएको घर हत्तपत्त भेटिँदैन । २०५० सालमा शौचालय भएका घर कताकता मात्रै थिए । यो समयमा सबै घरमा शौचालयको अभियान चल्यो, चल्दैछ । अब शौचालयको स्तरोन्नति गर्नुपर्ने अभियान चलाउनुपर्छ । हिजो थिएन, अब छ । अब भएकोलाई राम्रो बनाउने हो । यस्तै सुधार धेरै क्षेत्रमा गर्नुपर्छ । जस्तो पहिलेको भान्सा र अहिलेको भान्साको स्तर फरक पर्नुपर्छ । पहिले भान्सामा पाक्ने, पाइने खानेपिउने कुरा अब सुध्रिनु प¥यो । पहिला खान नपुग्ने अवस्थामा खान पुगे हुन्थ्यो भन्ने चिन्ता हुन्थ्यो । आज खान पुग्ने अवस्था भयो भने अब कस्तो खाने, कति खाने, कसरी खाने, किन खाने जस्ता विषयमा ध्यान दिन सके स्वास्थ राम्रो हुन्छ ।

खाने, पिउने, सरसफाई र स्वस्थको कुरा घरको विषय मात्रै होइन । आजको व्यस्त मानिस घर बाहिर धेरै समय बिताउन बाध्य छ । यस्तोमा कस्तो खाने, कस्तो पिउने, सामान प्रयोगमा आउने फोहरको व्यवस्थापन कसरी गर्ने यसमा ध्यान दिएर सभ्य नागरिकको पहिचान बनाउन सकिन्छ । जस्तै खाजा, खानाका लागि सफा स्थान(खाजा घर वा होटल) रोज्ने । प्याकेटका खाने कुरा खानै पर्ने भए भरसक स्वस्थकर खाना–खाजा खाने, प्याकेटको व्यवस्थापन उचित तरिकाले गर्ने बानी बसाल्नु पर्छ । मैले मात्रै गरेर के गर्ने भन्ने भावना एकदमै असभ्य भावना हो । तपाईले प्रयोग गर्ने समान, घर, शौचालय, बाटो, चोक, शहर सफा भएको होस्् भन्ने चाहना राख्ने मानिस सभ्य मानिस हुन् । सभ्य मानिस हुन चाहनाले मात्रै पुग्दैन व्यवहार र बानी पनि सभ्य चाहिन्छ । पहिला यस्तो बानी आपैmमा अभ्यास गर्नुपर्छ । त्यसपछि अरुलाई पनि भन्नुपर्छ । सम्झाउनु पर्छ । सम्झाउँदा अरुले नटेर्ने, गाली गर्ने, टेडो आँखाले हेर्ने, तलाई के चासो भन्ने सम्भावना समेत हुन्छ । तर पनि कसै न कसैले राम्रो कामको शुरुवात गर्नै पर्छ । पहिला–पहिला सार्वजनिक सवारीसाधन जिप, बसभित्र निर्धक्क धुमपान गर्ने धेरै भेटिन्थे । कसैले केही भन्ने आँट गर्दैन थिए । पछि बसमा धुमपान गर्न पाइँदैन भनेर लेख्न थालियो । धुमपान गर्नेलाई अरुले सम्झाउन थाले । अहिले कसैले बसमा धुमपान गर्दैनन् । बसका भित्तामा यस्तो सन्देश लेख्नेै पर्दैन ।

सार्वजनिक स्थानमा फोहर आपूmले पनि नफाल्ने र अरुले फालेमा किन फालेको, नफाल्नु भनेर बोल्न थाल्नु पर्छ । तर, बोल्नलाई पहिला आपूmमा फोहर नफाल्ने बानी हुनुपर्छ । अरुको घरमा जाँदा तपाईको शौचालय त फोहर रहेछ भन्नलाई आफ्नो घरको शौचालय सफा हुनुपर्छ । घरमा भएका बालबालिकालाई गाली गर्नुहँुदैन, कुट्नु हुँदैन, राम्ररी बोल्नुपर्छ । उनीहरुको पनि सम्मान गर्नुपर्छ । हेपेर बोल्दा उनीहरुलाई पनि राम्रो लाग्दैन । अझ उनीहरुका साथिका अगाडि त झन् गाली गर्नु हँुदैन । काम बिगारे छन् भने सम्झाउनुपर्छ । नजानेर पनि गल्ति भएको हुन सक्छ । कुनै खाने–पिउने पसलमा गएर खानाको अर्डर लिन आउने मानिससँग तपाई कसरी बोल्नु हुन्छ । त्यहाँ भएका मानिससँग कस्तो व्यवहार गर्नुहुन्छ । त्यसले तपाई हाम्रो परिचय दिइरहेको हुन्छ । हामी सभ्य हुँदै गएका छौं भने शिष्ट, नम्र र स्पष्ट भाषामा मर्यादा पुर्वक कुरा गर्छौं । तर, सभ्य देखिन, आपूmलाई विशेष भएको देखाउन खोज्ने असभ्य चरणमा छौं भने अलि ठूलो स्वरले, अझ हप्काउने स्वरमा बोल्छौं । झन् साना उमेरका र साधारण लाग्ने देख्यौं भने झन् उचो स्वरमा बोल्ने, हेपेर बोल्दा आफ्नो सान बढेको ठान्ने गर्छौं । यो सबै हामी सभ्य हुन बाँकी छ भन्ने परिचय हो ।

लाइनमा बसेर अर्थात् पालो पर्खेर सेवा लिनु आपूmलाई अपमान भएको ठान्ने ठालु समूहका व्यक्तिहरु पालो मिचेर सेवा लिँदा गौरवको महशुस गर्छन् । यस्तोमा सभ्य मानिसलाई सकस हुन्छ । यस्ता अनेकन विषय वस्तुले हाम्रो स्तर निर्धारण गरिरहेको हुन्छ । हाम्रो परिचय बनाई रहेको हुन्छ । हामी आफ्नो परिचय आफ्नै कर्मले, आपूmले विकास गरेको आनिबानीले फेर्न सक्छौं । हाम्रो गरिबी र पछौटेपनको सम्पूर्ण जिम्मेवार न भाग्य हो न सरकार र नेता नै । हो, यसमा केही भाग नेता र सरकारको अवश्य छ । तर, हामीले भन्ने गरेको जस्तो सबै दुःखको कारण नेता र सरकार मात्रै होइनन् । हामीले गर्नुपर्ने र गर्न सक्ने काम आपैmले गर्न अघि सर्नु पर्छ । तब मात्रै अरुतिर फर्केर भन्ने हैसियत राख्न सक्छौं ।

सधैजसो सरकार र नेताको बिरोध गर्ने एक जना मित्रलाई कृषि गुरुका रुपमा परिचित रामाशिष शाहले आफ्ना चेलालाई प्रश्न गर्नुभएछ ‘रामा तिम्रो भैंसी दुब्लो भयो, त्यो वडाध्यक्षले नगरेर हो ? तिम्रो बारी बाँभैm छ त्यो कसले नगरेर हो ? तिम्रो घरको शौचालय हेर त कति फोहर छ त्यो कुन नेताले नगरेको ? तिमी घरको काममा सघाउँदैनौं उल्टै घरमा आएर काम नगरेको भनेर श्रीमतीसँग रिसाउँछौं त्यो कसको कमजोरी हो ? तिमीले लगाएको कपडा मैला छ, छोराछोरीले राम्ररी काम गर्दैनन्, गर्न जानेका छैनन्, पढदैनन्, सफा छैनन् त्यो कसको कमजोरी हो ? कसले नगरि दिएको ? तिमीले खेती त ग¥यौ तर समयमा राम्रो स्याहार गरेनौ, बारीमा हेर त झारले ढाकेको छ तरकारीका बोट खोज्नुपर्ने जस्तो छ । यो कसको कमजोरी ?

उनको आसय थियो हामी आपूmले गर्नुपर्ने काम ठीक–ठीकसँग गर्र्दैनौं, गर्नुपर्ने जति गर्दैनौं, गर्नुपर्ने जसरी गर्दैनौं । जब नतिजा गलत आउँछ, हामीमा अभाव र दुःख हुन्छ तब सरकारलाई, नेतालाई दोष दिन्छौं । आपूmले गर्नुपर्ने काम मात्रैै सही तरिकाले सही समयमा गर्ने हो भने हाम्रो अवस्थामा सुधार आउँछ । सबै अरुले गरिदिने त होइन नि । सबैले आ–आफ्नो काम ठीक–ठीकसँग गर्ने हो भने मात्रै देश विकास हुन्छ । नेताले मात्रै गरेर पनि हँुदैन, जनताले मात्रै गरेर पनि हुदैन । नेताको काम नेताले गर्नुपर्छ ।

जनताको काम जनताले गर्नुपर्छ । जसले आफ्नो काम ठीकसँग गरेको हुन्छ उसले मात्रै अरुलाई तिम्रो काम राम्ररी गर भन्न सक्छ । हामी आपूmले गर्नुपर्ने काम नगर्ने, ठीकसँग नगर्ने अनि सबै अरुले गरिदियोस् भनेर भन्ने कुराले मात्रै हुन्छ र ? कृषि गुरु रामाशिष भन्नुहुन्छ– हजुर यहाँ त नेता र जनता दुबै खराब छन् । दुबैले सुध्रनु पर्छ । अनिमात्र देश विकास हुन्छ । जनता सुखी हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here