वाल सुवोधिनिमा हात धुने प्रतियोगिता सम्पन्न

0
815

दुहागढी ।

विश्व हात धुने दिवसको अवसरमा झापा दुहागढी स्थित वाल सुवोधिनि आधारभुत विद्यालयमा हात धुने प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयको वाल क्लब र जुनियर रेडक्रस सर्कलको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा धर्मभक्त सदनकी कला निरौला प्रथम, सुक्रराज सदनकी सोनिया दाहाल दोस्रो, गंगालाल सदनका विवेक लामिछाने तेस्रो र दशरथ सदनका सुरज राजवंशी सान्तवना भएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुलाई सामुहिक रुपमा हात धुने अभ्यास समेत गराईएको थियो । बाल क्लबका अध्यक्ष अभिशेक कटुवालको सभापतित्व तथा प्रधानाध्यापक विश्व थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here