मंगलबारेमा सांगितीक महोत्सव सम्पन्न

२८ आश्विन २०७६, मंगलवार मा प्रकाशित

धरमपुर ।

झापाको शिवसताक्षी स्थित मंगलबारेमा आयोजित सांगितीक महोत्सव आईतवार सकिएको छ । गएको असोज १७ देखी शुरु भएको सो महोत्सव मंगलबारेमा पहिलो पटक स्थानीय युवाको सक्रियतामा आयोजना भएको थियो ।

शिवसताक्षी नगरपालिका वडा नम्बर २ मुख्य आयोजक रहेको सो कार्यक्रमको सह—आयोजक विश्वास सुधाार केन्द्र सुरुङ्गा रहेको स्थानीय सन्तोष थेगिमले जानकारी दिए ।

साँगितीक महोत्सवमा मेलिना राई, डम्वर नेपाली, दिपक लिम्वु, प्रितम आचार्य, डेविड शंकर, सविना लिम्वु लगायतले प्रस्तुती दिएका थिए ।

लागु औषध ओसार पसार, सेवन र समाजमा व्याप्त महिला हिंसाका घटना निरुत्साहित गर्न महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा बाट संकलित रकमले लागु औषधको कारोवार निरुत्साहित गर्न र महिला संग सम्वन्धित घरेलु हिँसा नियन्त्रणका लागि चेतनामुलक कार्यक्रम गरिने आयोजक समितिका अध्यक्ष अरुण चेम्जोङ्गले जानकारी दिए ।

उनले भने,‘मंगलबारे बजार र आसपासका क्षेत्रमा लागु औषधको कारोवार हुने गरेको छ ।’ उनका अनुसार त्यसलाई रोग्न हरेक प्रकारका शिवीर आयोजना गर्ने स्थानीयको योजना छ । ‘हामीले यसै साता २ जनालाई सुधारका लागि रियाव सेन्टर पठाएका छौ,’ उनले भने ।

सांगितीक कार्यक्रमको अधिकाँस कार्यक्रम सन्तोष थेगिम र विनिता राईले सहजीकरण गरेका थिए । महोत्सवको समापन सत्र शिवसताक्षी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कुलवहादुर वस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । सो कार्यक्रममा स्थानीय मंगलबारे बजार विकास समितिका अध्यक्ष भिव नेम्बाङ्गले मंगलबारे बजारमा साँगितीक कार्यक्रम गरेर अनुसासित र मर्यादित रुपमा स्थानीय युवाले समाज रुपान्तरणका लागि प्रशंसनिय कार्य गरेको बताए ।

स्थानीयका अनुसार महोत्सव आयोजक समितिका अध्यक्ष अरुण चेम्जोङ्ग लगायत स्थानीय घनेन्द्र ईजम, सुकराज राई, रेगन लिम्वु, सचिन म्यानेङ्गवो, प्रतिक वस्नेत, सन्तोष थापा, खगेन्द्र राई लगायतले अगुवाई गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here