प्रतिबन्धित जुस खुलेआम बिक्री

२९ आश्विन २०७६, बुधबार मा प्रकाशित

झापा।

सरकारले प्रतिबन्ध लगाएको विभिन्न स्वादका शक्तिवद्र्धक जुस बजारमा खुलेआम बिक्री–बितरण भइरहेको पाइएको छ ।

बहुर्राष्ट्रिय कम्पनीद्वारा उत्पादित ‘सेन्थेटिक फ्लेवर र इनर्जी जुस’ले सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पारेको भन्दै सरकारले गत असारदेखि त्यसको बिक्री वितरणमा रोक लगाएको थियो । त्यस्ता विभिन्न ब्राण्डका जुस भियतनाम, बङ्गलादेश र थाइल्याण्डबाट आयात हँुदै आएका थिए । शक्तिवद्र्धक जुसले मुटु, मृगौलामा असर गर्ने विज्ञको भनाइ छ । सरकारले त्यसबारे मन्त्रिपरिषद्बाट निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरे पनि प्रतिबन्धबारे सर्वसाधारणलाई जानकारी नै छैन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जकी प्रमुख ज्योत्सना श्रेष्ठले विदेशबाट आयात हुने विभिन्न फ्लेवर र शक्तिवद्र्धक जुसमा पूर्ण प्रतिबन्ध लागेको बताइन् । रेडबुल, लिची, एप्पलस्लाइडर जस्तै थुप्रै प्रकारका शक्तिवद्र्धक जुस बजारमा पाइन्छन् ।

सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरी सरकारले प्रतिबन्ध लगाएको हुन सक्छ– उनले भनिन्– त्यस्ता पेयपदार्थमा सर्वसाधारणको स्वास्थ्यका लागि आवश्यक पर्ने तत्व पाइँदैन । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका अधिकृत एकराज बुढाथोकीले मौज्दात पेयपदार्थ बिक्री भइरहेको बताए । तेस्रो मुलुकबाट आयात भएकाले तस्करीको सम्भावना नरहेको उनको भनाइ छ ।

व्यापारीसँग जानकारी माग्दा पुरानो स्टक बिक्री गरेको भन्छन् । भारतमा पनि त्यस्ता पेयपदार्थ उत्पादन नहुने भएकाले स्टककै हो भन्ने लाग्छ– उनले भने– दशैँतिहारसम्म स्टक सकिन्छ होला जस्तो छ । त्यसपछि बिक्री बन्द हुन्छ ।
निकासी पैठारी (नियन्त्रण ऐन) २०१३ को दफा ३ को उपदफा (१) बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार ०७६ असार २ गते नेपाल राजपत्रमा प्रकाशित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचना (खण्ड ६९, संख्या ११, नेपाल राजपत्र, भाग ४को सूचना नं. १को प्रकरण ४) ले शक्तिवद्र्धक पेयपदार्थ र यस्तै प्रकारका पेयपदार्थको पैठारीमा पूर्ण बन्देज लगाएको हँुदा यस्ता पेयपदार्थ पैठारी (आयात) नहुने जानकारी गराइन्छ, सरकारले गरेको निर्णयमा उल्लेख छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले सरकारले शक्तिबद्र्धक पेयपदार्थमा रोक लगाएपछि अदालतले बिक्रीका लागि अनुमति दिएको बताए । उनका अनुसार सरकारले प्रतिबन्ध लगाइरहँदा धेरै व्यवसायीले विदेशबाट माल मगाइसकेका थिए । केही व्यवसायीले मगाएको पेयपदार्थ बन्दरगाहसम्म आइपुगेको नन्दलाल बैश्यले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here