चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यसले उव्जाएका प्रश्न

२९ आश्विन २०७६, बुधबार मा प्रकाशित

लक्ष्मी उप्रेती,

भरखरै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय नेपाल भ्रमण गरे । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आएका सीले २२ घण्टा काठमाडौंमा बिताए । शनिबार अपरान्ह पौने ५ बजे नेपाल ओर्लिएका सी आइतबार करिव पौने ३ बजे स्वदेश फर्किए ।

२३ वर्षपछि चीनबाट भएको यो उच्चस्तरीय भ्रमणलाई निकै चासोकासाथ हेरिएको थियो । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबाट नेपाल सरकार मात्र होइन, नेपाली नागरिक पनि खुशी छन् । शक्तिसम्पन्न देश चीनका राष्ट्रपति नेपाल आउनु मात्रै पनि गर्वको कुरा हो भन्ने विषयले निक्कै चर्चा पायो । पहिलोपटक नेपाल आएका चिनियाँ राष्ट्रपति सीले पनि नेपालीको माया, सम्मान पाए पछि त्यो सम्मान र स्वागतलाई मुक्तकण्ठले प्रशंसा गरेको प्रष्टै अनुमान गर्न सकिन्छ ।

चिनियाँ राष्ट्रपति सीको भ्रमण छोटै भएपनि चर्चा भने निक्कै ठुलो भयो । करीव २२ घण्टाको नेपालमा बसाईमा चीन र नेपालबीच धेरै विषयमा छलफल र हस्ताक्षर समेत भयो । नेपाल र चीनबीच भौगोलिक हिसाबले मात्र होइन, धार्मिक र साँस्कृतिक दृष्टिकोणले पनि आत्मीय सम्बन्ध छ । शायद त्यही भएर पनि होला भ्रमणको क्रममा नेपाल (चीनबीच १६ बुँदे समझदारी र ४ बुँदे सहमति भएकोे । अहिले पनि उनको नेपाल भ्रमणको चर्चा उत्तिकै छ ।

नेपालप्रतिको चासो, सदभाव र विश्वास अन्तरर्राष्ट्रिय समुदायमा बढ्दो छ । चीन सदैव नेपालको विश्वासिलो साथी पनि भनिन्छ । तर, उच्चस्तरीय भ्रमणको आदान–प्रदानमा यत्रो धेरै वर्षसम्म किन लाग्यो होला ? सर्वत्र चासोको विषय बनेको छ । चियिाँ राष्ट्रपति सिको यो दुई दिने नेपाल भ्रमणका विषयमा यति खेर सकरात्मक वा नकरात्मक ढंगले विभिन्न कोणाबट टिकाटिप्पणी समेत भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भनाईलाई सापट लिने हो भने चिनियाँ राष्ट्रपति सी चीनफिङको राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ । तर, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सफल र ऐतिहासिक भएको प्रतिक्रिया व्यक्त गरेपनि भ्रमणका क्रममा मधेस केन्द्रित दल र मधेसी जनताको विचारलाई महत्व नदिएकोप्रति असन्तुष्टी प्रकट गरेको समाचार सञ्चारमाध्यममा आइरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई काँग्रेसले स्वागत गरेको बताईरहदा चिनियाँ राष्ट्रपति सीले काँग्रेस सभापति देउवालाई चीन भ्रमणको निम्तो समेत दिन भ्याए । उनको निम्तोलाई स्वकीकार गर्दै सभापति देउवाले मिलाएर आउँछु सम्म भन्न भ्याए । तर, देउवाको चीन भ्रमण कहिले होला नहोला त्यो त भविष्यले देखाउला ।

यति मात्र होइन विभिन्न अनलाईनहरुले खवर लेखे चिनियाँ राष्ट्रपति सीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई समेत २७ मिनेट भेट गरे भनेर । काँग्रेस सभापति देउवादेखि पूर्व राजा ज्ञानेन्द्र शाह सम्मलाई भेट गर्न भ्याउने चिनियाँ राष्ट्रपति सीले मधेस र मधेस केन्द्रित दललाई किन भेट गरेनन् यसको जवाफ समेत दलका नेताहरुले खोजी रहेका छन् । राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको भनाईमा चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा मधेस र मधेस केन्द्रित दललाई उपेक्षा गर्दा चीन र नेपालकै लागि पनि हित हुदैंन ।

संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीकै भनाईमा चीन नेपाललाई जति पनि सहयोग गर्न तत्पर छ । तर,चीनसँग नेपालले जति अपेक्षा गरेको छ त्यो चाँहि पुरा गर्न भने नसक्ने चीनले भन्दैं आएको छ । भारतलाई चिढ्यिाएर चीन नेपाललाई सहयोग गर्ने पक्षमा छैन । चिनियाँ राष्ट्रपति सी पहिले भारत गएर नेपाल आएका हुन । यसले पनि केही झल्को दिन्छ । भारतको विश्वास लिएरमात्रै नेपालसँग सम्बन्ध राख्छौं है, भारतलाई चिढ्याउने गरी नेपालसँग सम्बन्ध राख्न अहिले चीनले मिल्दैन भनेको हो भनेर टिप्पणी भइरहेको छ । सी दक्षिण भारतको ममल्लापुरममा भारतीय प्रधानमन्त्री मोदीसँग ‘अनौपचारिक वार्तालाप’ सकेर नेपालको राजकीय भ्रमणमा आएका थिए । यसले पनि माथिको कुरालाई पुष्टि गर्ला जस्तो लाग्छ ।

डाक्टर बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति भारत गएर किन आए ? मुख्य विषय यो हो । नेपालमा सीधै नआइकन मोदीसँग शिखर वार्ता गरेर अनि यता आउनुको अर्थ छ । उनीहरु नेपाल सरकारको प्लानमा आएका होइनन् । यसमा कसैले घमण्ड गरेर हुँदैन । हामीले बढी फुर्कनु पनि हुँदैन । मोदीलाई भेटेर नेपाल आउनुको अर्थ के हो ? भनेर अर्थ खोजीरहेका छन् । चीन र भारतबीच भइरहेका अनौपचारिक कुराकानीले दुई मुलुकलाई सकारात्मक परिणाम दिए पनि भारत र चीनवीच निकटता बढ्दा त्यसले नेपाललाई पुग्ने फाइदाका बारेमा सोच्न भने जरुरी छ ।

नेपालले भारत, चीन र अमेरिकासँग उत्तिकै सम्बन्ध राख्नुपर्छ । हुन सक्छ कसेसँग अलि बढी होला तर, आर्थिक र व्यपारिकरुपमा नेपालले भारतसँग अलि बढी गर्नुपर्ने हो की ? छिमेकी आफ्नालगि सवै उत्तिकै हुन भन्ने करा भुल्नु हुदैंन । हुनत ः सीले नेपालको भूपरिवेष्ठित देशबाट भू–जडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्ने, नेपाल चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्ने, अरनिको राजमार्गको स्तरोन्नति, केरुङदेखि काठमाडौंसम्म सुरुङ मार्ग बनाएर खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माण गर्नेलगायतका कुरा सुनाएका छन् ।

स्पष्ट शब्दमा राष्ट्रपति सीले केहीकुराहरु भने चाहे त्यो भूजडित बनाउने कुरा होस् चाहे नेपालको मध्यम आय भएको मुलुक बन्ने चाहनालाई सहयोग गर्ने कुरा होस् । चाहे नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र स्वाधीनताप्रतिको समर्थनको कुरा होस् । चाहे जलवायु परिवर्तन, पर्यटन, यी सबै कुराहरुमा एकदम प्रष्ट शब्दमा उहाँको प्रतिवद्धता देखियो सहयोगको ।

वास्तवमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण कतिको सफल भयो भन्ने कुराको परिणाम नेपाल भ्रमणका क्रममा दुई देश बीचभएका सम्झौताहरु कार्यान्वयन भएपछि मात्र भन्न सकिएला । यसअघि चीनले नेपाललाई गरेको सहयोग एक पटक पछाडी फर्केर पनि हेर्नुपर्छ । ती उद्योगहरु अहिले कुन अवस्था छन । खाली आशा गरिरहने मागिरहने अनि दाताले दिएको सम्पतिलाई उचित व्यवस्थापन गर्न नसक्ने हो भने हात पसारेर मात्र माग्नु पनि हुदैंन । चीनबाट नेपालले धेरै सकारात्मक कुराहरु सिक्न जरुरी छ ।

चीनले जसरी गरीवी निवारणमा ८७ करोड मानिसलाई गरीबीबाट माथि ल्यायो भन्ने विश्व बैंक लगायत सबैले स्वीकारेका छन त्यो कसरी गर्यो भन्ने सिक्न जरुरी छ । त्यहाँको प्रविधि विकासका बारेमा हामी धेरै पछि छौ । हामी कुरा गर्न मायर छौ । शायद नेपालीको कामभन्दा कुरा गर्ने प्रवृत्ति छ भन्ने कुरा थाहा पाएरै होला चिनियाँ राष्ट्रपति सीलेतोकिएको योजना पूरा गर्नुपर्नेमा जोड दिएको । चीनमा सबै योजना तोकिएको समयमा पूरा हुने दृष्टान्त उल्लेख गर्दै उनले घुमाउरो भाषामा नेपालको काम गर्ने शैलीलाई व्यङ्ग्य समेत गरेका छन् । यसकारण पनि नेपालले चीनबाट केही पाठ सिक्नुपर्छ ।

भ्रष्टचार अन्त्य गर्न, सत्ता कव्जा गर्ने तिर होईन, बरु जनतााके मन जित्न, झुटो र हाउडी कुरा नगर्न, ऐन नियम विधि र विधान पालाना गर्न, सवै मिलेर काम गर्न, अर्कावाट अनुदान र सहयोगको ठुलो आश नगर्न तथा चीन र नेपालबीचको मित्रता अझ प्रगाढ एवम् सुमधुर रहोस भनेर सातवटा मन्त्र समेत दिएका छन् । यो कुरालाई नेपालका दलका नेता र सत्ताको वागडोर सम्हालेकाहरुले बुझ्न निक्कै जरुरी छ र त्यसैलाई आत्मसाथ गदैं अघि बढ्न पनि आवश्यक छ ।
यतिमात्र होइन नेपालका नेताको विलासी जीवन देखरेर सीले भनेका छन विलासी जीवन त्यागेर सादा जीवन ग्रहणमा ध्यान दिनुहोस साच्चै नेपालका नेताहरुले त्यसमा पनि नेकपाका नेताहरुले यो कुरा ग्रहण गरेर व्यवहारमा उतारेमात्र गत महिना विदेशमन्त्री वाङ यी र विदेश विभाग प्रमुख सङ ताओबीचको बैठक र सहयोगको विषयमा उठेका चिनियाँ विशेषतासहितको समाजवाद र ‘सी चिनफिङ विचारधारा’बारे हालै काठमाडौंमा भएको गोष्ठी पनि सफल होला ।

अझ उनको यो भ्रमणले एउटा गतिलो पाठ समेत सिकाएको छ । जरी विशिष्ट विदेशी पाहुना आएको बेलामा जस्तै यसपटक पनि काठमाण्डौ झकिझकाउ भयो । त्यो देखेर सबैलाई लागेको छ, गरेदेखि हुँदो रहेछ । गरेदेखि बन्दो रहेछ । तर पाहुना आएको बेलामा निक्कै सक्रि य हुने अनि अरु बेला गरी अरु बेला निदाउने परम्पराको अन्त्य होस भन्ने सन्देश पनि दिएको छ । अन्त्यमा शक्तिसम्पन्न देश चीनका राष्ट्रपति नेपाल आउनु मात्रै पनि गर्वको कुरा हो । त्यसमाथि यो भ्रमणसँगै रेल र सुरुङ मार्ग निर्माणलगायतका केही महत्वपूर्ण र दीर्घकालीन योजनाहरु अघि बढ्ने संकेत मिलेको छ । जसले सरकार र नागरिकलाई समेत थप हौसला र ऊर्जा दिएको छ ।

उनको भ्रमणले नेपालमा रेल चलाउने प्रधानमन्त्रीको सपना र रेल चढ्ने नेपालीको चाहना पूरा हुने संकेत मिलेको छ । अनि चिनियाँ राष्ट्रपतिको बहुप्रतिक्षित भ्रमण गराएर रेल, सुरुङ मार्गलगायतका अरु पूर्वाधारमा सम्झौता गर्न सफल सरकारले त्यसअनुसार काम अघि बढाउन तत्परता देखाउनुपर्छ । रेल त ल्याउने तर रेलबाट के ल्याउने र के पठाउने भन्नेबारे अहिलेदेखि नै सोच्न जरुरी छ । कुरा र सम्झौता हुने, तर काम नगर्ने प्रवृत्ति त्याग्नुपर्छ । चिनियाँ राष्ट्रपति सीको सन्देश पनि यही हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here