राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार प्रस्थान

२९ आश्विन २०७६, बुधबार मा प्रकाशित

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमार प्रस्थान गरेकी छिन् । पाँचदिने भ्रमणका लागि उनी आज विहान ११ बजे त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गरेकी हुन्  ।

उनीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली पनि भ्रमण टोलीमा छन् । म्यनमार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँका राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्विपक्षीय सम्बन्धबारे कुराकानी गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा भेट्ने समेत कार्यक्रम छ । उनले राजधानी यंगुनको ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here