दलित युवाद्वारा न्यायका लागि अपिल

0
408

रुकुम,

रुकुमको चौरजहारी नगरपालिका–३ का वडाध्यक्ष लालबहादुर बुढाथोकीले सोही वडा निवासी गोविन्द विकलाई जातीय गालीगलौज गर्दै कुटपिट गरिएको भन्दै न्यायका लागि अपिल गरिएको छ ।

पीडित विकले बुधबार यहाँ पत्रकार सम्मेलन गरी जनप्रतिनिधि बुढाथोकीले अपमान गर्दै कुटपिट र ज्यान मार्ने धम्की दिएपछि न्यायका लागि उजुरी गरेकोमा मार्ने धम्की आएकाले आफू विस्थापित हुनुपरेको जानकारी दिनुभयो ।

दोषीमाथि कडा कारवाहीको माग गर्दै उहाँले भन्नुभयो, “मलाई ‘डुम, डाङ्ग्रा’ भन्दै कुटपिट गरेर उल्टै ज्यान मार्ने धम्की आएपछि न्यायका लागि राजधानी आएको हुँ ।”

सामुदायिक वन दर्ता गर्ने विषयमा छलफल गर्न वडा कार्यालयमै बोलाएर वडाध्यक्षले कुटपिट गरेको विकको भनाइ छ । प्रहरीमा उजुरी गरेपछि गाउँमै मिलापत्र गर्न दबाब बढेको र स्थानीय राजनीतिक दलका नेता र दलित अगुवाले समेत गाउँमै मिलापत्र गर्न दबाब दिएको विकले बताउनुभयो ।

सोही अवसरमा दलित नेता गणेश विकले जातीय भेदभाव गर्नेलाई तीन महीनादेखि तीन वर्षसम्म कैद वा रु एक हजारदेखि २५ हजार जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था भएको भन्दै कुटपिट र जातीय विभेद गर्ने वडाध्यक्षलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here