अर्जुनधारा कृषि सहकारीको नेतृत्व चयन

0
757

चारपाने।

अर्जुनधारा कृषि सहकारी संस्था फुलबारीको १२औं वार्षिक साधारण तथा अधिवेशनबाट अध्यक्षमा पुनः तारा बराल चयन भएका छन् ।

नवगठित समितिको उपाध्यक्ष मुखमेल धिमाल, सचिव राम कार्की, कोषाध्यक्ष मिना भण्डारी रहेका छन् । त्यसैगरी सदस्यहरुमा विनोद बस्नेत, दुलाल राजवंशी, रवी राजवंशी, कमला प्रसाई, सीता बराल चयन भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा भीम बरुवाल, सदस्यहरुमा कविता कार्की र शान्ता कार्की चयन भएका छन् ।

अर्जुनधारा कृषि सहकारीका अध्यक्ष तारा बरालको अध्यक्षता र अर्जुनधारा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ध्यानबहादुर भारतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तीन जना उत्कृष्ट ऋणिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पल्लवी राजवंशी, चन्द्रप्रसाद पराजुली र मनिषा राई रहेका छन् ।

सोही अवसरमा एक जना बर्ष उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरिएको छ । सम्मनित हुने कर्मचारीमा बजार प्रतिनिधि आरती बस्नेत भारती रहेकी छिन् ।

८० जना स्थानीय कृषकहरु शेयर सदस्य रहेको सहकारीले कृषि सम्बन्धी काम र योजनाहरु ल्याउन प्रमुख अतिथि भारतीले सुझाव दिएका थिए । वडामा धेरै कृषि सहकारीहरुले उद्देश्य अनुसारको काम नगरेको केवल ऋण बचतको काममा मात्र सिमित रहँदा संस्था र कृषकको उन्नती हुन नसकेकोले अब कृषि सम्बन्धी योजनाहरु वडा र नगरमा ल्याए आफूले सहयोग गर्ने भारतीले बताए ।

साधारणसभामा आर्थिक बर्ष २०७५÷०७६ को वित्तीय कारोबार विवरणसहितको प्रतिवेदन अध्यक्ष बरालले प्रस्तुत गरेका थिए । जसमा पँुजी तथा दायित्वतर्फ ४५ लाख १६ हजार दुई सय ७८ रुपैयाँ रहेको छ ।
गत बर्षको विवरणमा ३८ लाख ८० हजार ५४ रुपैयाँ उल्लेख गरिएको छ । साधारणसभामा स्वागत उपाध्यक्ष मुखमेल धिमालले गरेका थिए भने सञ्चालन सचिव राम कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here