बिर्तामोड,
कञ्चनजंङ्घा नर्सिङ कलेजकी सञ्चालक रुची शिवाकोटी नेपाल नर्सिङ संघ झापाको अध्यक्षमा सर्वसम्वत चयन भएकी छिन् । 
झापाको दमकमा भएको कार्यक्रमले नर्सिङ संघ गठन गरेको हो । बाह्र सदस्यीय संघको उपाध्यक्षमा टिका सुवेदी, सचिव देव कुमारी दंगाल, सहसचिव सीता भण्डारी , कोषाध्यक्ष सुस्मिता मैनाली र सहकोषाध्यक्ष रोशन प्रसाई चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा टिका दवाडी, कमला पाण्डे, पवित्रा धिमाल, कमला घिमिरे र रञ्जना डाँगी रहेका छन् ।
प्रा.डा.तारा शाह, शान्ती टण्डन, मेनुका भण्डारी र तुलसा देवी अधिकारीको आतिथ्यतामा संघ गठन गरेको बताइएको छ ।






























