पानी हाल्ने सहमतिपछि खुल्यो बिर्तामोड– शनिश्चरे सडक

1
1579

बिर्तामोड,

सडकमा धुलो धेरै उडेको भन्दै स्थानीयले बिर्तामोड–शनिश्चरे सडक खण्डमा अवरोध गरेपछि वडा कार्यालयले सडकमा पानी हाल्ने भएको छ ।
शुक्रवार विहान स्थानीयले शनिश्चरे बजारदेखि अर्जुनधारा–६ स्थित कप्तानबारीसम्म सडकमा धुलो उडेको भन्दै टायर , बाँस र कदमका हाँगा ओच्छ्याएर बाटो अबरोध गरेका थिए । बाटो अवरोध पछि भएको सर्वपक्षिय भेलामा अर्जुनधारा – ८ नम्वर वडाले सडकमा पान्ी हाल्ने सहमति गरेको बताइएको छ । सहमति पछि मात्रै सडक शुचारु भएको हो ।
जिल्लाको मुख्य बजार बिर्तामोडबाट उत्तरी भेग जाने मुख्य सडक खण्ड स्थानीयवासीले धुलाको कारण देखाउँदै स्वास्थ्यमा प्रतिकुल असर पु¥याएको भन्दै अवरोध गरेका थिए ।
उनीहरुले धुलोले घर सेताम्मे भएको, खानपिनमा समस्या भएको, बालीनाली बिग्रेको नगरपालिकालाई जानकारी दिँदै तत्काल समाधान खोजिदिन आग्रह गरेका थिए ।
सो सडक खण्डको विवाद मिलाउन अर्जुनधारा – ५ र ८ नम्वर वडाका जनप्रतिनिधि सहित स्थानीयको सर्वपक्षीय छलफलपछि शुचारु भएको हो ।

1 COMMENT

  1. सोही सडकको महानन्द चोक खण्डमा समेत समस्या उस्तै छ ।।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here