बिर्तामोड ,
झापाको बिर्तामोडमा मुख्य कार्यालय रही झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले दुई जना कर्मचारीलाई राहत सुविधा प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको नेतृत्वमा विभागीय प्रमुखहरु विजय बस्नेत, मीनबहादुर अधिकारी ऋण विभाग प्रमुख कृष्णप्रसाद कडरीया, आइटी विभाग प्रमुख यम वहादुर विष्ठसहितको टोलीले पाडाजुगी सेवाकेन्द्रका दुई जना कर्मचारीलाई राहत सुविधा प्रदान गरेको हो ।
कार्यक्रममा पाडाजुगी सेवाकेन्द्रका प्रमुख वेदप्रसाद आचार्य र पाडाजुगी सेवाकेन्द्रकी वजार प्रतिनिधी रञ्जिता भण्डारी आचार्यलाई कर्मचारी राहत सुविधा अन्र्तगत ९० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
पाडाजुगी सेवाकेन्द्रका प्रमुख वेदप्रसाद आचार्यका बुबा र वजार प्रतिनिधी रञ्जिता भण्डारी आचार्यका ससुरा बुबा छविलाल आचार्यको निधन भएको सातौं दिनमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा उनीहरुलाई उक्त राहत हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले समवेदना पत्र र कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले ९० हजार रुपैयाँ आचार्यलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले संस्थाले गरेको कार्यको प्रसंसा गर्दै यस्ता कार्यक्रमले कर्मचारीहरुको सहकारीप्रतिको उत्तरदायित्व बढेर जाने बताइन् ।
संस्थाका अध्यक्ष बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन विभागीय प्रमुख विजय बस्नेतले गरेका थिए ।































