सोलुखुम्बु,
सोलुखुम्बुमा भिरबाट लडेर एक विदेशी महिलाको ज्यान गएको छ । ज्यान जानेमा पेसिता मेलिना रहेकी छिन् ।
शुक्रबार पासाङ ल्हामू गाउँपालिका९५ कोङ्देमा भिरबाट लडेर पोल्याण्डकी २६ वर्षीया पेसिता मेलिनाको भिरबाट लडेर ज्यान गएको हो ।
प्रहरीका भनाइ अनुसार पोल्याण्डबाट नेपाल भ्रमणमा आएकी उनि बाटोमा हिँड्ने क्रममा भिरबाट लडेर घटनास्थलमै ज्यान गएको हो । लडेर मृत्यु भएकी पेसिता मेलिनाकोशब प्रहरीले लुक्ला ल्याएको जनाइएको छ ।































