जेसिज विकास रनिङ शिल्ड : एपिएफ र झापा ११ भिड्दै

0
1184

चितवन,

नारायणगढमा जारी जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगितामा शुक्रबार सशस्त्र प्रहरी बलको एपिएफ क्लब र झापा ११ भिड्दै छ।

क्याम्पाचौरमा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुने आयोजकले जनाएको छ। आजको खेलका विजेताले नेपाल आर्मी क्लबको सामना गर्नु पर्नेछ।

यसअघि भएको खेलबाट चितवन ११ र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरीसकेको छ। चितवनले मक्वनपुरलाई ३–२ ले र पुलिसले सरस्वती युवा क्लबलाई ५–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताका विजेताले ६ लाख ६ हजार ६६ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ३ हजार ३३ रुपैयाँ पाउनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here