जुवाको खालबाट वडा सदस्यसहित ६ जना पक्राउ

0
411

नवलपरासी,

जुवा खेलिरहेको अवस्थामा पश्चिम नवलपरासीबाट जनप्रतिनिधिसहित ६ जना पक्राउ परेका छन्।

सरावल गाउँपालिका–१ सालबासमा रहेको अमर तन्दुरीमा जुवा खेलिरहेको अवस्थामा बर्दघाट नगरपालिका–४ का वडा सदस्य विष्णुप्रसाद भण्डारीसहित ६ जना पक्राउ परेको बताइएको छ।

सालबास बर्दघाट नगरपालिकासँग सीमा जोडिएको ठाउँ हो। पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–१३ का बासु खनाल, सरावल–१ का गणेश पाण्डे, सुनवल नगरपालिका–१२ का टोपबहादुर घिमिरे, सरावलका प्रदिप अग्रहरी र जुवा खेलाउने घरधनी लीलाबहादुर चौधरी रहेकाको स्रोतले जनाएको छ।

प्रहरीले भने नाम सार्वजनिक नगरे पनि जुवाडे पक्राउ परेको पुष्टि गर्दै अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए। जुवाडेहरुका साथबाट ३९ हजार ५०० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here