महरा नेकपाको सदस्य नरहेको खुलासा

0
410

झापा।

बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेता नरहेको खुलेको छ ।

संसदीय सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जवर्जस्ती करणी गरेको आरोपमा थुनामा रहेका पूर्वसभामुख महरा नेकपामा नरहेको खुलेको हो । नेकपाले महरालाई सभामुख तथा सांसदबाट राजीनामा दिन सुझाव दिएको थियो तर उनले सभामुखबाट राजीनामा दिए पनि हालसम्म सांसद पदबाट राजीनामा दिएका छैनन् ।

उनले आफू नेकपाको नेता नै नभएको भन्दै सो पार्टीको सुझाव किन मान्ने भनेर राजीनामा नदिएको उनी निकट नेताहरुले बताएका छन् । सार्वजानिक पदधारण गर्दा राजनीतिक दलको सदस्यताबाट राजिनामा दिनुपर्ने भएकाले महराले आफु सभामुख बन्दा नेकपाबाट राजिनामा दिएका थिए ।

नेकपाका प्रमुख सचेतक देव गुरुङले महरा नेकपामा नरहेको भन्दै पार्टीको सुझाव मान्न उनी बाध्य नरहेको बताएका छन् । सभामुख र उपसभामुख नियुक्त हुँदा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी थिए । तत्कालीन माओवादी केन्द्रबाट महरा सभामुख बने भने एमालेको तर्फबाट शिवमाया तुम्वाहम्फे उपसभामुख बनेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here