गुणस्तरीय कृषि सहकारीको सभा

0
594

बिर्तामोड ।

गुणस्तरीय कृषि सहकारी संस्था बिर्तामोड–१ को चौथो वार्षिक साधारण सभा समपन्न भएको छ ।

संस्थाका अध्यक्ष गुरुप्रसाद अधिकारीको अध्यक्षता तथा बिर्तामोड–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेन्द्रप्रसाद खरेलले स्वागत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी निरीक्षक डिल्ली दाहाल, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष धनबहादुर पङ्धाक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता दिपन अधिकारी, असल ऋणि सरिता बराल, कुशल परियोजना संयोजक केदार ढुंगाना लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष अधिकारीले वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक गोपालप्रसाद लामिछानेले लेखा समितिको प्रतिवेदन, कर्जा लगानी असुली समितिका संयोजक राजेन्द्रप्रसाद खरेलले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाको कूल शेयर पुँजी ४४ लाख १० हजार सात सय, निक्षेप ३२ लाख १३ हजार १३ रुपैयाँ , ऋण लगानी ७४ लाख ३७ हजार तीन सय सात, आम्दानी ११ लाख चार हजार पाँच सय १४ रुपैयाँ ८८ पैसा, खर्च आठ लाख ५३ हजार सात सय ८० रुपैयाँ ४६ पैसा, नाफा दुई लाख ५० हजार सात सय ३४ रुपैयाँ ४२ पैसा गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रमको सञ्चालन संस्थाका सचिव कर्णबहादुर पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here