बाँदरबाट अन्न जोगाउन धौधौ

0
814

पोखरा,

फाँट तथा टारी भरी धान पहेलपुर छ, भटमास पनि पाक्न लागेको छ, तर पाकेको अन्न कसरी जोगाउने भन्ने चिन्ताले यतिखेर पोखरा महानगरपालिका–२९ र ३३ लगायतका किसानलाई सताएको छ ।

धान लगाइएका खेतका अधिकांश आलीमा भटमास लगाइएको र सोही भटमास खानका लागि बाँदर आउने गरेका छन् । बिहानदेखि बेलुकासम्म पटकपटक खेतमा बाँदर पस्न थालेपछि बाँदर कुर्न र वस्नु यतिखेर कृषकको दैनिकी जस्तै बनेको छ । खेतमा आएका बाँदरले भटमास खाने मात्र नभै धान पनि नोक्सानी पु¥याउने गरेको पोखरा महानगरपालिका–२९ पटनेरीका कृषक बताउँछन् ।

बाँदरले पटकपटक नोक्सानी पु¥याए पनि यसबारे सम्बन्धित निकाय कसैले चासो नदिने भएकोले समस्या झेल्नु बाध्यताजस्तै बनेको कृषकको गुनासो छ । तै पनि बाँदर धपाउन सकिन्छ की भनेर कतिपयले खेतका छेउमा रेडियो बजाएर राख्ने गरेका छन् । बर्खायामको मकै होस् वा हिउँद यामको धान वा भटमास सधँै बाँदरले सखाप पार्न थालेपछि आफूहरू ठूलै समस्यामा परेको कृषक बताउँछन् ।

पटनेरीमा जस्तै पोखरा महानगरपालिका–३३ भरतपोखरीको आँगेटारी, नाङ्गेचौर, खुर्वादी, स्वाहारालगायतका कृषकले पनि यतिखेर पाकिसकेको धान कसरी जोगाउने भन्ने चिन्तामा छन् । यसअघि झण्डै दुई महिना बिहानदेखि बेलुकासम्म बाँदर धपाउन कै लागि बारीमा शङ्ख बजाए पनि मकै जोगाउन नसकेका यहाँका किसानलाई यतिखेर धान कसरी जोगाउने भन्ने चिन्तामा रहेको स्थानीय चण्डी माध्यमिक विद्यालय, बर भोटेनीका शिक्षक कमलप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गाउँको सबै मकै सखाप बनाए पछि त्यसको उचित क्षतिपूर्ति एवम् बाँदर व्यवस्थापनको माग गर्दै गत असारको अन्तिमतिर पोखरा महानगरपालिका–३३ को कार्यालयमा निवेदन दिए पनि त्यसको हालसम्म सुनुवाई हुन नसकेको उहाँले बताउनुभयो ।

“कृषकहरू मारमा छन्, सम्बन्धित निकायमा निवेदन ग¥यो त्यसको पूर्णरुपमा बेवास्था गर्ने गरिएको छ,” बाँदर पीडित सङ्घका सचिवसमेत रहेका पौडेलले भन्नुभयो, “कृषकललाई तत्काल उचित क्षतिपूर्ति दिँदै बाँदरको दीर्घकालीन व्यवस्थापन गरिदिनुपर्छ ।” निवेदन दिएसँगै वडा कार्यालयबाट चाँडै नै वार्तामा बोलाउँछौँ भनेको चार महिना वितिसक्दा पनि बेवास्था गरिएको उहाँले गुनासो गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here