सुरुङ्गा । 
ज्ञानज्योति युवा क्लब सुरुङ्गाको नयाँ नेतृत्व चयन भएको छ । क्लबको आठौं साधारणसभा तथा चौथो अधिवेशनले २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा युवा व्यवसायी नारायण भेटवाल चयन भएका छन् ।
उपाध्यक्षमा अनुप ओली, सचिवमा पारस खरेल, सहसचिवमा साजन आचार्य र कोषाध्यक्षमा सन्ध्या श्रेष्ठ रहेका छन् । त्यसै गरी सदस्यहरुमा गोविन्द सुवेदी, विश्वविजय खरेल, प्रकाश पाठक, गणेश चुडाल, धिरज सिटौला, नवराज सुवेदी, पुष्प संग्रौला, खेमराज शिवाकोटी, कमल कार्कीडोली, नारायण शिवाकोटी, डम्बर फुयाँल, पारस बिमली, शारदा बोगटी, श्रृजा श्रेष्ठ, निर्मला गौतम र लोचन खरेल चयन भएका छन् । नेतृत्व सर्वसम्मत चयनका लागि क्लबका संस्थापक अध्यक्ष सुनिल भेटवालको संयोजकत्वमा गठित ५ सदस्यीय निर्वाचन मण्डलले भूमिका खेलेको थियो ।
अधिवेशनले कार्यक्रमको सभापतित्व समेत गरिरहेका क्लबका अध्यक्ष नविन सेढाईँद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सन्ध्या श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिका वार्ड नम्बर ३ का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरिया, कनकाई खेलकुद प्रतिष्ठान (कासा) का सचिव दिनेश खतिवडा, नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य लीलाराज झापाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
युवाहरुमा देखिएको विकृति र विसंगतिलाई हटाउदै समाज सुधारको यात्रामा उनीहरुलाई डो¥याउने, सकारात्मक सोचका साथ युवाहरुका परिश्रमी हातहरुलाई संगठित गर्ने र उनीहरुलाई समुन्नत समाजको निर्माणमा लाग्न रचनात्मक रुपले निश्चित दिशाबोध गराउने, युवा वर्गमा अन्तरनिहित कलाकौशल, क्षमता तथा दक्षता प्रस्फुटन गरी उनीहरुलाई अघि बढ्न उत्प्रेरणा दिने उद्देश्यका साथ २०६७ साल चैत्र २५ गते उक्त युवा क्लबको स्थापना गरिएको थियो ।





























