जे.बी. जबेगू,
करिब दुई वर्षअघि नयाँ भद्रपुर सडक मुक्तिचोकबाट रामनाथ मार्गसम्म जोड्ने करिब ४.०० कि.मी. निमार्ण गर्ने भनी स्थानीय चुनाव लगतै बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कूलप्रसाद संग्रौलाले तुरुन्त बनाउने भनी सडकको दुबै किनारमा रहेका नाला भत्काउने र पुर्ने काम शुरु गर्नुभयो । निकै तामझामका साथ सक्युरेटी समेत राखेर भत्काउने काम शुरु गर्नुभएको थियो ।
मलाई पनि जाँगर चल्यो र अध्यक्षलाई साथ दिनुप¥यो भनी साथ दिएँ । १०० मि. चौडाको सडक बनाउने भनेर १०० मि. सम्म नाप्दा धेरै मानिसको घरभित्र चिन्ह लगाउन पस्नुप¥यो । धेरैले आँखा तरे, त्यसपछि मैले वडाध्यक्षलाई सोधे– ‘होइन कुलप्रसादजी यो सडक कहिले, कसरी र कसले बनाउने भनी’ सोधे, वडाध्यक्षले भन्नुभयो– ‘जबेगूजी, तुरुन्तै बन्छ, बनेन् भने सडक विभागको इञ्जिीनियर र म यो सडकबीचमा सुतेरै भए पनि बनाउँछौं’ । मलाई अलि चित्त बुझेन र ट्राफिकले सुरक्षा प्रदान गरेको देखेर ट्राफिक कार्यालयमा गएर ट्राफिक प्रमुख राजेश राईलाई सोधँे । राईजीले भन्नुभयो– ‘सडकको पहिलो ठेकदारको मुद्दा फैसला भएपछि तुरुन्त सडक विभागले बनाउँछ होला ।’
त्यसपछि पनि चित्त बुझेन र मेयरजीकोमा सोध्नुप¥यो भनी गएर सोधेँ, मेयर साब यो सडक कसले, कसरी बनाउँदैछ ? भनेर सोधे मेयर साबले– ‘मलाई थाहा छैन, खै सडक कसले बनाउने हो, सडक विभागले बनाउने होला ।’ त्यसपछि म अलमल्ल परे, सोध्छन् सडक कहिले बन्छ ? किनभने नाला भत्काएको छ, घरभित्र चिन्ह लगाएको छ, वरिपरि लठिभद्र छ ।

झण्डै एक बर्षपछि एउटा खबर सुनियो सडक बनाउनका लागि बजेट ३७ करोड बजेट प¥यो भनेर केही महिनापछि सडक निमार्णको शिलान्यास मुक्तिचोकमा भयो । त्यहाँ मेयर धुव्रकुमार शिवाकोटीले भन्नुभयो– ‘यो बजेट मैले सम्माननीय प्रधानमन्त्री केपी ओलीको घरदलानमा मेरो टोपी थापेर बिर्तामोड मुक्तिचोकबाट भद्रपुर जाने सडक बनाउने बजेट दिनु प¥यो भनी बिन्ती गरेर ल्याएको छु । अब यो बाटो डेढ बर्षभित्र सम्पन्न हुन्छ ढुक्क हुनुहोस्’ –भन्नुभएको थियो र कार्य अगाडि बढेको डेढ बर्ष पूरा भयो । २०७५÷०३÷२४ गतेको सम्झौता अनुसार यो बाटो यही पुस ९ मा सम्पन्न हुनुपर्नेछ । तर, अहिलेसम्म निमार्णकार्य ३० प्रतिशत पनि कार्य पूरा भएको छैन । सडक बन्दा करिब ३ कि.मी. (मुक्तिचोकबाट बिर्ताबजारसम्म) जतिमा निकै राम्रो तरिकाले बन्ला भनी धेरैले आशा गरेका थिए ।
सडक १०० मि.को चौडामा नै बन्ला सडकको दुबैतिर खानेपानीको नाला बिद्युत्को खम्बा र ढलनालाको फोहरको लागि निकासको व्यवस्था डिपीआर मै आउला भन्ने कुरा लागेको थियो । तर, त्यसप्रति खासै चासो राखेको देखिएन र जसको कारण सडक बनिसकेपछि स्थानीयमा समस्या आउने छ । फलस्वरुप नगरलाई थप आर्थिक भार बढ्ने देखिन्छ ।
वास्तवमा भन्नुपर्दा सडक बनिसकेपछि निकै समस्या आउनेछ । यदि उचित निकासको व्यवस्था तुरुन्त गरिएन भने प्रायःको घरमा पानी जम्नेछ । विश्व २१औं शताब्दीको पूर्वाद्धमा छ अब बन्ने पूर्वाधारहरु बन्दा अबको ५० बर्षपछि पनि काम लाग्ने हुनुपर्दछ । हुनसक्छ राजमार्गको नियम आफ्नै होला । तर, शहरको केन्द्रमा सडक बन्दा आम जनताको सुलभता र हितको लागि बन्नु पर्दछ । त्यसको लागि प्रारम्भिक अध्ययन गरेर मात्र प्राविधिक सर्भे गरेर मात्र डिपीआर बनाएको भए यी यावत समस्या कमि हुनुका साथै दिर्घकालीन समस्या समाधान हुने थियो र एउटा नमूना शहरको पनि शुरु हुने थियो ।
साच्चै भन्ने हो भने आम उपभोक्ताहरुमा यो सडक निमार्ण कार्य देखेर रुष्ट देखिएका छन् भने यो सडक जुन मापदण्डमा हुनुपर्ने हो त्यो भएको पनि पाइँदैन नालाको उपयोगिता जति हुनुपर्ने थियो त्यो देखिँदैन । सडकको अन्यकुराहरु यहाँको बस्तुस्थिती हेरेर केही सुधार गर्न सकिने थियो । यो सडक हाम्रो हो, यहाँका बासिन्दाको हो । बिर्तामोड शहरको सुन्दरता पनि हो । यसले बिर्तामोड नगरपालिकाको गरिमा बढाउने काम पनि गर्दछ । न कि कुनै पनि ठेकदारले मुनाफाको लागि र कोही कमिसन खोरलाई यो कुरा प्रति चासो रहन्छ । यसको उचित ब्यवस्था समय अनुसार मिहिन तरिकाले अध्ययन अनुसन्धान गरी समयमै निमार्ण सम्पन्न हुँदा मात्र मेयरले ‘मैले टोपी थापेर ल्याएको बजेट र वडाध्यक्षले म सडक मै सुतेर भए पनि निमार्ण गर्छु, भन्ने भावना र अठोटको सही सदुपयोग भएको ठहरिने थियो ।
म र मैले भन्ने अपरिपक्क भावनाका कारणले जनताले लामो समयसम्म दुःख भोगिरहेका त छैनन् । होइन भने के ले रोक्यो यति ४ कि.मी. सडक बनाउन डेढ बर्षसम्ममा पनि ३० प्रतिशतसम्म पनि निमार्ण भएको छैन । यस्तै निमार्ण कार्यको गति हो भने कति बर्षपछि निमार्ण सम्पन्न होला त यो सडक ? व्यापारिक केन्द्र जस्तो ठाउँको यो सडक समयमै निमार्ण नहुँदा आम व्यवसायी सर्वसाधरण जनताले कति समस्या पीडा व्यहोर्नुप¥यो, स्थानीय सरकार कहाँ छ, के हेर्दैछ ? कसले कहाँ बुझ्ने, कहाँ कसलाई खोज्ने ? कसको र कति कारणले ढिला सुस्ती भएको हो औल्याइ दिनु प¥यो सरोकारवालाहरुले ।
यतिका साधनस्रोत सुलभ भएको ठाउँमा यति छोटो सडक बनाउन यति समय लाग्छ भने दुर्गम ठाउँमा अझ कति समय लाग्छ होला ? यो वास्तवमा ठेकेदारको लापरवाही तथा कमजोरी हो । यसलाई तुरुन्तै कारवाहीको दायरामा लिई समयमै निमार्ण सम्पन्न गराउन बिर्तामोड नगरपालिका अग्रसर भई निमार्ण कार्य अघि बढाएमा मात्र बिर्तामोड नगरपालिकाको गरिमा बढ्ने छ ।




























