कागजी कलाको एकल प्रदर्शनी

0
432

भद्रपुर ।

विद्यार्थीलाई पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा हस्तकलामार्फत रुची बढाउने उद्देश्यले भद्रपुरको एक सामुदायिक विद्यालयमा एकदिने ओरीगामी (कागजीकला) प्रदर्शन गरिएको छ ।

भद्रपुर–५ स्थित गौतम बुद्ध प्रावि परिसरभित्र शिक्षक उषा गुरुङले आफ्नो हस्तकलामार्फत उत्पादन गरेका विभिन्न किसिमका कागजी सामग्री प्रदर्शन गरेकी हुन् ।

आफूले उत्पादन गरेका विभिन्न किसिमका फूल, चराचुरुङ्गी आकृतिका कागजी सामग्रीहरु विद्यालयका कार्यालय तथा कक्षा कोठा, सरकारी कार्यालय, संघ–संस्थाको कोठा, घर आँगनमा सजावट गर्न सकिने शिक्षक गुरुङले बताइन् ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मला राजवंशीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका उपप्रमुख चन्दामाया श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख उद्धव विष्ट, ५ नम्बर वडाका वडाध्यक्ष बन्धु कार्की, पशुपतिनाथ आधारभूतका प्रअ श्यामहरि अधिकारी, शिक्षक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

स्वागत मन्तव्य विद्यालयका प्रअ जयन्ती मानीले राखेकी कार्यक्रमको सञ्चालन शिक्षक सुरेशकुमार न्यौपानेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here