ब्रम्हाण्डमा लीन भएका चक्र दाइलाई मेरो अनुरोध

0
577

हरिकुमार प्रसाईं,

ईश्वरको (ब्रम्हाण्डका मालिकको) निर्णय पनि कहिलेकाहीँ कति विवास्पद हुँदोरहेछ । यस लोकका चाहिँने मान्छे थाहा नै बिना चुँडेर लाने र बिना कामकालाई बिना कारण यही लोकमा (मानबलोक) लामो समयसम्म थचारेर बस्न बाध्य पार्ने ।

हाम्रा आदरणीय दाइ चक्रप्रसाद बाँस्तोलाले ईश्वरको यही नियति बाध्य भएर भोग्नु प¥यो । हाम्रो देशको तत्कालीन संक्रमणकालीन भविष्यलाई व्यजस्थापन गर्न क्षमता राख्न सक्ने एक तार्किक, कुटनीतिक, परराष्ट्र मामिला विज्ञ तथा सैद्धान्तिक राजनीतिज्ञ, उहाँ(चक्रजी)लाई ६ बर्षको कठोर अवचेतन अवस्थाको सजाय यही लोकमा दिएर पुनः यही लोकमा चेतन अवस्थामा नल्याई (चेतना आउन नदिई) देशको अस्थिर र संक्रमण अवस्थाको समाधानको परिणाम आउन नसकिरहेको र देशले प्रश्रव पीडा भोगिरहेकै बेला टपक्क टिपेर उहाँलाई आफ्नो लोकमा लान सर्वब्यापी ईश्वरलाई चक्रजीको के जरूरी परेको थियो र !

केही समय (१०–१२ बर्ष) ईश्वर लोकको क्यालेण्डर अनुसार (१०–१२ सेकेण्ड मात्र न हो हाम्रो क्यालेण्डरमा) यही लोकमा छोड़ी दिएको भए के बित्थ्यो र ईश्वरलाई त्यही १०–१२ सेकेण्ड उहाँ (चक्रजी) ईश्वर लोकमा नपुग्दा ! तर… चक्र दाइ, यदि पृथ्वी छाडेर यो ब्रम्हाण्डको अरू कुनै उत्तमलोकमा तपाइँको गमन ब्रम्हाण्ड राजले (ब्रम्हाण्ड परिचालनका मालिक)गराई राखेको हो भने प्रस्ताव राख्नुहोस् ब्रम्हाणड राजलाई, नेपाललाई पनि सुख र समृद्धिको बाटोमा लान किन ढिला भइरहेको छ ।

के बिषयले व्यवधान भएको हो ? पठाई दिनुहोस् त्यहाँ भएका छलफलका निचोड ताकि थाहा पाउन नेपालको समृद्धि र विकासको जिम्मा लिएका नाइकेहरुले लोकतान्त्रिक गणतन्त्रको नायकत्व कसरी गर्नुपर्छ ? मुखले बोलेर र चाहिँदा नचाहिँदा भाषण गरेर मात्र आउँदैन समृद्धि, समृद्धि ल्याउन त चाहिन्छ कठोर परिश्रम र निष्ठा अनि मुलुकको कानून हुबहुँ कार्यान्वयन गर्ने दृढ अठोट । सिकाउनुपर्छ आम नागरिकलाई दृढ इच्छाशक्तिसहित समृद्धिको बाटोमा लामबद्ध भई हिँडेपछि मात्र शुरु हुन्छ समृद्धिको नव बाटोमा आम नागरिकहरूको गमन नयाँ क्षितिजको उदय ? तर, दुर्भाग्य कहीँ देखिएनन् समृद्धिका संकेतहरु, किन के भएर देखिएनन् समृद्धिका संकेतहरु ! यिनै प्रश्नहरुका जवाफ खोज्दै तपाइँलाई तल उल्लेखित बुँदाहरू पठाउँदैछु । ब्रम्हाण्ड राज सभामा छलफलका लागि भएका निर्णयहरू यो मुलुकको नायकत्व गर्नेहरुको इमेल ठेगानामा पठाई दिनु होला उनीहरुको जानकारीको निम्तिः

१) बिकास र समृद्धिका सूत्रहरू के–के हुन् ?
२) बिकासका पूर्वाधरको निर्माण कसरी गर्न सकिन्छ ?
३) नेपली–नेपालीबीच रहिआएको सामाजिक सद्भाव पुनः
कसरी यथावत अवस्थामा ल्याउन सकिन्छ ?
४) बिदेशिएका युवायुवतीहरुलाई स्वदेश फर्काएर रोजगारीको व्यवस्था गरी देश निर्माणमा कसरी प्रयोग गर्न सकिन्छ ?
५) स्वदेशी उद्योगको प्रबद्र्धन र बिकास कसरी गर्नुपर्छ ?
६) फरिया र परिवारबादको अन्त्य नगरी देश विकास हुँदैन कि ?
७) भ्रष्टाचार अन्त्य गर्ने सूत्र के–के हुन् ?
८) दण्डहिनताको प्रबद्र्धन कसरी गर्नुपर्छ ?
९) राजनीतिमा युवा पिंढीलाई देशको भविष्य निर्माण रसञ्चालन खातिर कसरी दिक्षित गर्नुपर्छ ?
१०) ज्येष्ठ नागरिक, अपाङ्ग नागरिक, एकल महिला, खास गरिबीको रेखामुनी रहेका नेपाली नागरिकहरूको सुरक्षा र सम्बद्र्धन कसरी गर्नुपर्छ ?
११) आम नागरिकहरूमा सुरक्षाको अनुभूति कसरी गराउन सकिन्छ ?
१२) हत्या, हिंसा, बलात्कार र व्यभिचार जस्ता अपराधिक क्रियाकलापकहरू अन्त्य गर्ने सूत्र के–के हुन् ?
१३) सम्पूर्ण राष्ट्रसेवकहरुलाई कर्तब्यनिष्ट र दतचित् भई
जनसेवामा लाग्ने सद्बुद्धी कसरी दिन सकिन्छ ?
१४) आर्थिक मितव्ययिता र अर्थको अनुशासित समानूपातिक परिचालन कसरी गर्न सकिन्छ ?
१५) पञ्चशीलको आधारमा देशको परराष्ट्र नीतिको पुनः मूल्यांकन गरी नयाँ सिराबाट कसरी अगाडि बढाउन सकिन्छ ?
१६) दलगतभन्दा राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखी अखण्ड र अभिभाज्य राष्ट्रको सुरक्षा कसरी दिन सकिन्छ ?
१७) मुलुकलाई आत्मनिर्भर बनाउने आधारशीला के–के हुन् ?
१८) कृषितन्त्रको द्रुत विकासमा राज्यले अपनाउनुपर्ने नीतिहरू के–कस्ता हुनुपर्छ ?
१९) देशका प्राकृतिक सम्पदा (जमीन, वनजंगल, जल र खनिज खानी)आफ्नै देशको विकासको निमित्त कसरी पूर्ण प्रयोगमा ल्याउन सकिन्छ ?
२०) हामीसँग भइरहेका टेक्नोक्र्यटस (डाक्टर, इञ्जिनियर, कृषि बिशेषज्ञ, ओभरसियर, स्वास्थ्य सहायक, कृषि सहायक तथा जुनियर सिनियर नर्सहरुको क्रियाशील सहभागिता कसरी बढाउन सकिन्छ ?
२१) सञ्चारको विश्वस्तरीय गुणस्तर प्रबद्र्धन गरी यसको पहँुच सर्वसाधरण नागरिकसम्म कसरी बनाउन सकिन्छ ? गुणस्तरीय शिक्षामा सबै बालबालिकाहरूको सम पहँुच बनाई राख्न के–कस्ता नीति अवलम्बन गर्नुपर्छ ?
२२) गुणस्तरिय स्वास्थ्यलाई सबै नागरिकहरुको पहँुचमा कसरी ल्याउन सकिन्छ ?
२३) लोकतन्त्रको नाममा भित्रिएको छाडातन्त्र कसरी
निर्मूल गर्न सकिन्छ ?
यिनै प्रश्नहरू प्रस्ताव स्वरुप ब्रम्हाण्डिय राज सभामा छलफलका लागि पेश गरी पारित निर्णयहरुको प्रतिलिपि पठाइदिए हामी नेपाली सबै धन्य हुने थियौं ।
अल बिदा चक्र दाइ ! अलबिदा !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here