पर्यटकीय क्षेत्रका रुपमा विकास हुदैें हिलेधाप सिमसार क्षेत्र

५ कार्तिक २०७६, मंगलवार मा प्रकाशित

लक्ष्मी उप्रेती/ बाहुनडाँगी ।

झापाकोे मेचीनगर— १ साविक बाहुनडाँगी—९ मा रहेको हिलेधाप सिमसार क्षेत्र अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास हुदैें गएको छ ।

मेचीनगर—६ काँकरभिट्टाबाट १५ किलो मिटर उत्तरमा पर्ने सो पर्यटकीय एवम् सिमसारक्षेत्र पुग्नका लागि साना तथा ठुला सवै खाले सवारी साधन सहजरुपमै प्रयोग गर्न सकिन्छ । त्यही भएर पनि धेरै मानिस त्यहाँ पुग्ने गर्दछन् । त्यस ठाउँमा करिव ५ विगाह क्षेत्रफलमा फैलिएका तीनवटा माछा पोखरी समेत भएकाले यो क्षेत्र अन्तरिक एवम् बाह्य पर्यटकको रोजाईमा परेको हो ।

यसक्षेत्रमा विभिन्न जातका माछा पालन भएकाले साथै रिसोर्ट समेत सञ्चालनको तयारीमा समेत रहेकाले पनि धेरै पर्यटकको मन तान्ने गरेको छ । यहाँको सौन्दर्यमा तथा चारैतिरको हरियालीमा रमाउन आउने पर्यटकहरु आफ्नो माछा पालन केन्द्रमा समेत आउने गरेको सञ्चालक मञ्जिल देवानले बताए ।
उनले आगामी दिनमा आफ्नो व्यवसाय समेत फस्टाउने विश्वास व्यक्त गरे । अहिले दैनिक जसो १० देखि १५ जना मानिसहरु यहाँ आउने गरेको सञ्चालक देवानको भनाई छ । जस्ले गर्दा यहाको पर्यटन व्यवसायलाई मद्घत पुगेको छ ।

काँकरभिट्टाबाट शुरु भएको यात्रा कालोपत्रे सडकहुँदै अघि बढ्छ । मेचीनगरको ४ र १ नम्बर वडासीमासम्म कालोपत्रे छ । त्यसपछि थोरै ग्राभेल सडक छिचोल्नु पर्ने भए पनि बाटो सहज छ । करिव ५ विगाह क्षेत्रफलमा फैलिएको त्यसक्षेत्रमा रहेका तीनवटा माछा पोखरीले धेरैको मन तान्ने गरेको छ ।

त्यही पोखरीका कारण आन्तरिक एवम् बाह्य पर्यटकहरुका लागि हिलेधाप सिमसारक्षेत्र आर्कषक गन्तव्य बनेको हो । यो क्षेत्र प्राकृतिक रुपमा रमणिय भएकालेसवैतिरको सौन्दर्य समेत अवलोकन गर्न पाइने भएकाले पर्यटकको रोजाइमा परेको मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवम् युवा उद्यमी विजय डालमिया बताउँछन् । यस ठाउँमा पर्यटक ल्याउन सकेमात्र आसपासका गाउँमा उत्पादन भएका कृषि वस्तु खपतको खपत बढ्ने उनले बताए ।

जंगली हात्तीको आतंकबाट पीडित साविक बाहुनडाँगीबासीहरुले अहिले थोेरै भएपनि राहतको अनुभूति गरेका छन् । बाहुनडाँगी भन्ने वित्तिकै जंगली हात्ती लाग्ने ठाउँबाट चिनिने गरेको यो ठाउँले अहिले आफुलाई धार्मिक एवम् पर्यटकीय स्थलका नामले आफ्नो परिचय बनाउदैं र चिनाउदैै गएको छ । किसानले लगाएको धान, मकै गहुँ कोदालगायत चिया खेती समेत हात्तीले खाएर कुल्चिएर नष्ट गरेपछि अहिले हिले धाप सिमसार क्षेत्र रहेकोे सो जग्गा लामो समयदेखि बाझोे थियो ।

नेपाल बहुउद्घेश्यीइ सहकारी संस्था लि को कृषि परियोजनाका जागीरे मञ्जिलले संस्थाले आफुलाई दिएको राम्रै सेवा सुविधा छाडेर स्थानीय हेमलाल भारती र रुद्र भारतीको नाममा रहेको सो जग्गा २५ वर्षका लागि लिजमा लिएर पोखरी खनेर माछा पालनमात्र गरेनन् राम्रो पर्यटकिय क्षेत्रका रुपमा समेत अघि बढाए ।

जुन ठाउँ अहिले बल्छी खेल्न रुची राख्ने पर्यटकको रोजाईमा परेको छ । २५ देखि ३५ लाखसम्म खर्च गरेर देवानले सो ठाउँमा तीन वटा पोखरी खनेका छन । एउटा १ विगाहा जमिनमा छ भने अरु ८ कठ्ठा तथा ३ कठ्ठा क्षेत्रफमा फैलिएका छन् ।

पोखरीमा ग्रास, कमन, सिल्भर, रौ, नैैनी, कत्ला जातका माछा हालिएको छ । माछाको भुरा हालेको ६ महिनामा १ केजी तौलको हुने गरेको सञ्चालक देवानको भनाई छ । त्यहाँ जाने अधिकाँश मानिस बल्छीको आनन्द लिन पुग्ने गरेका छन् । पोखरीमा बल्छी थाप्ने जुन माछा पर्छ त्यही माछा उपभोग गर्न पाउने छन् । बल्छी खेल्दा मानिसले समेत आनन्द अनुभूति गर्ने गर्दछन् । सोहि ठाउँमा सुविधा सम्पन्न भान्सा घर निर्माणको योजनामा रहेका देवानले अहिले अस्थायीरुपमा भन्सा कोठाको व्यवस्था गरेका छन्् । माछा किनेर घरमा लिएर जाने भए प्र्रतिकेजी ३ सय ५० तथा त्यही पकाएर खाने भए प्रतिकेजी ५ सय रुपैयाँकोे दर पर्न जान्छ ।

अहिलेसम्म यहाँ उत्पादन भएका माछा यहि नै खपत हुने गरेको उनको भनाई छ । धेरैले बल्छी खेल्दै माछा पार्दैे यहि पकाएर खाने गरेकोे देवान बताउछन् । तत्कालै ‘फिस थेराप’को व्यवस्था गर्न लागिएको छ । मानिस पोखरीमा सुत्ने र माछाले शरीरका विभिन्न भागमा टोके झै गरी मानिसलाई थेरापी गर्ने छ । जस्ले गर्दा मानिसले समेत आनन्द लिन सक्ने देवानको भनाई छ । जुन माछालाई ‘डाक्टर फिस’ भन्ने गरिएको देवानको भनाई छ । शहरको धुलो धुवाँलगायतका प्रदुषण तथा तनावबाट मुक्त हुन पनि धेरै मानिस यहाँ आउने गरेको उनको भनाई छ ।

यहाँबाट धेरै राम्रा राम्रा ‘साइड सिन’ पनि र्हो पाइन्छ । नजीकै रहेको झापाकोे सीमावर्ती इलाम जिल्लाको रोङ गाउँपालिकाको सलकपुर तथा पश्चिम बंगालको दार्जिलिङ, मिरिक, सौरेनी खर्साङलगायतका शहरहरु नजीकै पर्दछन् । वरिपरीको चिया बगानले उस्तै मोहनी लगाउछ त्यहाँ पुग्ने जो कोही लाई पनि । पोखरी भित्र खेल्दै गरेका विभिन्न प्रजातिका हाँसको दृश्यले समेत अन्तरिक एवम् बाह्य पर्यटकलाई भरपुर आनन्द प्रदान गर्दछ ।

यो मनमोहक दृश्यमा फोटो खिच्न समेतको भीड निक्कै देखिन्छ । अहिले विभिन्न प्रजातिका हाँस , कुखुरालगायतका पंक्षी सो क्षेत्रमा रराखिएको छ । निकट भविष्यमा टर्की, बटाईलगायतका पक्षी राख्ने तयारी भइरहेको सञ्चालक देवानको भनाई छ ।

होमस्टे सञ्चालनको तयारीमा रहेकोे यो क्षेत्रले विगतमा एउटा राम्रो पर्यकटीय क्षेत्रका रुपमा आफ्नो पहिचान बनाउने मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवम् युवा उद्यमी विजय डालमियाको भनाई छ । उनले भने—‘अहिले पनि धेरै मानिस यो ठाउँका बारेमा वेखवर छन् । यसको प्रचार प्रचारमा स्थानीय सरकार, वडा सरकारले ध्यान दिन जरुरी छ ।

ठाउँ ठाउँमा यसको पहिचान झल्किने ठुल्ठुला साइनबोर्डहरु राख्नु पर्छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने होे भने स्थानीयक्षेत्रका यस्ता स्थलको पहिचान गरी यसको विकास र प्रवद्र्घनमा सरकार लाग्नुपर्छ । ’ अहिले दैनिक जसो १० देखि १५ जना मानिसहरु यहाँ आउने गरेको सञ्चालक देवानको भनाई छ । झापासहित इलाम तथा भारतका विभिन्न ठाउँबाट यहाँ बल्छी खेल्न आउने गरेको देवानले बताए

लामो समयसम्म हात्तीको चपेटामा परेको यो ठाउँको विकाससँगै हात्ती आउने क्रम समेत घट्दो छ । हात्तीले क्षति नपुर्याउने बालीको विकल्पकारुपमा यो व्यवसाय सञ्चालन गरेको देवान बताउछन् । यसलाई कृषिका क्षेत्रमा विकास गरी रागा, भैसी, बंगुरको फम सञ्चालन गर्ने योजना रहेको छ । यसका लागि आवश्यक पूर्वाधार तयार गदैंं गरेको सञ्चालकको भनाई छ । यहाँ उत्पादन भएका सम्पूर्ण खाद्य वस्तु विषादिरहित अर्गयानिक हुने भएकाले पनि मानिसको आर्कषण बढ्ने डालमियाको भनाई छ ।

जोडीको रोेजाईमा समेत हिलेधाप क्षेत्र परेको छ । खान र घुम्न आउनेका लागि मात्र होइन यो ठाउँ प्रेम प्रेमिकाकाहरुका लागि समेत रोजाईमा पर्ने गरेको हो । मोटरसाइकलमा विहानै आउने र दिनभरि बसेर मायाप्रितिका कुरा गरेर उनीहरु फर्किने गरेका छन् ।

एकान्त विभिन्न प्रदुषणबाट मुक्त यो ठाउँमा नेपालीमात्र होइन भारतीय युवा युवतीहरु समेत आउने गरेका छन् । चियाका बुटामुनि बसेर एक आपसमा भलाकुसारी गरेको दृश्य पनि निक्कै रमाइलो देखिन्छ । उनीहरुले खानेकुरा लिएरै आउने गरेको भएपनि धेरैले यहिको माछा खाने गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here