लक्ष्मीधापमा आजादको शुभकामना आदानप्रदान

0
505

अर्जुनधारा।

नेपालीहरुको साझा चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा आजाद सामुदायिक संस्था अर्जुनधारा–११को आयोजनामा मंगलबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

लक्ष्मीधापस्थित नमुना माछा पोखरी परिसरमा संस्थाका अध्यक्ष सन्तकुमार राईको अध्यक्षता र संघीय सांसद् बिमला विश्वकर्माको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संस्था स्थापनाको औचित्यसहित स्वागत मन्तव्य अध्यक्ष राईले गरेक थिए ।

कार्यक्रममा प्रदेश १का सांसद् वृख प्रधान, झापा जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेल, नगर प्रमुख हरिकुमार राना, वडाध्यक्ष भैरवबहादुर खड्का, बिर्तामोड नगर सभा सदस्य भावना घिमिरे, नगर खेलकुद विकास समितिका सदस्य टेकराज तिलिङ, नमुना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भानु श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन खड्ग विश्वकर्माले गरेका थिए । स्थानीयस्तरमा आर्थिक विकास, सामाजिक सद्भाव, संस्कृतिको संरक्षण र वातावरणीय विकास गर्ने उद्धेश्यले उक्त संस्था गत असोज ५ गते स्थापना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here