अर्जुनधारा।

झापाको मेचीनगर–१२ र १३मा रहेको धाइजन–चारआली भेट्रान फुटबल क्लब आयोजनामा बुधबार(भोली)देखि सातौं भेट्रान फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।
स्थानीय नव कालिका खेल मैदानमा हुने प्रतियोगितामा आयोजकसँगै काँकडभिट्टा भेट्रान, दमक–लखनपुर भेट्रान, सि.एम.जी. स्वास्थ्य विराटनगर भेट्रान, कनकाई भेट्रान, बिर्तामोड भेट्रान, धरमपुर भेट्रान र भद्रपुर भेट्रानको सहभागिता रहने छ ।
यही कात्तिक ९ गते सम्पन्न हुने प्रतियोगिताको विजेता र उपविजेताले नगद पुरस्कार क्रमश ६१ हजार र ४१ हजारसँगै ट्रफी प्राप्त गर्नेछन् । पहिलो नगद पुरस्कार बिर्तामोडस्थित वन स्टप मलका सञ्चालक मिजास पोखरेल र सानो संसार ल्याण्ड एण्ड हाउजिङका सञ्चालक रोशन प्रसाईंले प्रायोजन गर्ने भएको छ ।
आयोजकको मापदण्ड अनुसार ३८ वर्ष पूरा गरेका तीन जान र बाँकी आठ जना ४० वर्ष पूरा भएको खेलाडी हुनुपर्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित आठ लाख ३७ हजार रुपैयाँ लाग्ने क्लबका सचिव धनबहादुर तामाङले बताए ।
त्यसैगरी क्लबले शुरु गरेको पूर्व राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने कार्यक्रम अन्र्तगत भेट्रान खेलाडी लक्ष्मीप्रसाद सुब्बा “लोचन”लाई नगद पुरस्कार दुई लाखसहित सम्मान गर्ने क्लबका अध्यक्ष आशिष वनले बताए ।


























