हरियाली बनाउन गमला वितरण

0
862

बिर्तामोड।

झापाको बिर्तामोड वडा नं. ४ भद्रपुररोडस्थित उज्यालो एकता टोल रोड नं. २ को प्रवेशद्वारमा बोर्ड राख्ने र प्रत्येक घर अगाडि गमला राख्ने कार्यक्रम सम्पन्न भएको छ ।

उज्यालो एकता टोल विकास तथा निर्माण समितिका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा बिर्तामोड वडा नं. ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हरि पोख्रेलले स्वागत गरेका थिए ।

कार्यक्रममा सुनिता ओली, टीकाराम सिवा, रामप्रित शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा उज्यालो एकता टोल रोड नं. २ को प्रवेशद्वारमा बोर्ड र गमला राखिएको थियो भने रोड नं. २ का प्रत्येक घर अगाडि गमला राख्ने कार्यक्रम अन्तर्गत रोड नं. २ का घरधनी एवम् व्यवसायीहरुलाई गमला वितरण गरिएको थियो ।

उज्यालो एकता टोललाई हरियालीमय बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको संस्थाका अध्यक्ष चौधरीले बताए ।

कार्यक्रमको सञ्चालन उज्यालो एकता टोलविकास तथा निर्माण समितिका सचिव महेन्द्रभुषण साहले गरेको उपाध्यक्ष मनोज रौनियारले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here