काँकरभिट्टा,

झापाको काँकरभिट्टामा मंगलबार सम्पन्न प्रथम मीनाकुमारी लिम्बु स्मृति फुटबल प्रतियोगिताको उपाधि काँकरभिट्टा भेट्रान फुटबल क्लब मेचीनगरले जितेको छ ।
काँकरभिट्टा माविको खेल मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा स्पर्धी स्नुकर फुटबल क्बल काँकरभिट्टालाई ३ शुन्य गोल अन्तरले पराजित गदैं भेट्रानले उपाधि जितेको हो । भेट्रानको जीतमा किरण राई, तथा नगेन्द्रमणि लिम्बुले गोल गरेका थिए ।
दोस्रो हाफको १६ औँ मिनेटमा गोकुल राईको क्रस पासलाई किरणले हेड मार्फत गोल गरेका थिए । त्यस लगत्तै सचिन धिमालको क्रसपासलाई नियन्त्रणमा लिएर नगेन्द्रमणि लिम्बुले २५ औँ मिनेटमा गोल गरेर आफ्नो टिमलाई २ शुन्यको अग्रता दिए । खेलको म्यान अफ दी समेत घोषित लिम्बुले २ मिनेट वित्न नपाउदैँ थप अर्काै गोल गरेका थिए ।

जीतसँगै भेट्रानले नगद १० हजार रुपैयाँ तथा ट्रफी हात पार्यो । उपविजेता स्नुकरले नगद ५ हजार रुपैयाँसहित ट्रफीमा चित्त बुझायो । खेलको म्यान अफ दी समेत घोषित लिम्बुले नगद १ हजार ५ सय रुपैयाँ प्राप्त गरे । यसैगरी फाइनल खेलको उत्कृष्ट खेलाडी स्नुकर एफसीका टीकाराम कार्की घोषित भए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
फाइनल विजेता तथा उपविजेतसहित अन्य विधाका विजयी खेलाडीलाई प्रमुख अतिथि मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, विशिष्ट अतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, महासचिव शेरबहादुर वस्नेत काँकरभिट्टा भेट्रान फुटबल क्लब मेचीनगरका अध्यक्ष गंगालाल गुरुङलगायतले नगदसहित ट्रफी प्रदान गरेका थिए ।
फुटबल खेलाडी स्थानीय सन्तोष नेम्वाङले आफ्नी दिवंगत श्रीमती मीना देवि लिम्बुको स्मृति आयोजना गरेको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि तामाङ, विशिष्ट अतिथि आलेलगायतले बोल्नुभएको थियो । काँकरभिट्टा भेट्रान फुटबल क्लब मेचीनगरका कर्णबहादुर मगरले स्वागत र मेची युमा चेस कल्बका सचिव राजु पौडेलले सञ्चालन गरेका थिए ।


























