अर्जुनधारा ।

नेशनल मोर्डन एग्रीकल्चर नेपाल अर्जुनधारा शाखा कार्यालयको बुधबार एक कार्यक्रमकोबिच उद्घाटन गरिएको छ ।
संस्थाका केन्द्रीय अध्यक्ष धनपती आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा उक्त कार्यालयको प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।
झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाले कृषकहरुको सजिलो र सहज, आत्मनिर्भरसँगै विकास गर्ने उद्धेश्यले कृषि वन तथा पशु उत्पादन परियोजना अन्र्तगत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताइएको छ ।
कार्यक्रममा अर्जुनधारा–८का वडाध्यक्ष गोपीचन्द्र गौतम, नगर पशुपंक्षी, मत्स्य विकास शाखाका प्रमुख पदमलाल राई, नेपाल रेडक्रस सोसाईटी शनिश्चरे उपशाखाका सचिव कृष्णप्रसाद भट्टराईलगायतको आतिथ्यता रहेको थियो ।
एचआर संयोजक वीनादेवी पराजुली खतिवडाले संस्था बारे जानकारी गराएको कार्यक्रममा स्वागत परियोजना प्रमुख रमा राउतले स्वागत र व्यवस्थापक प्रेमसागर घिमिरेले सञ्चालन गरेका थिए ।































