चारपाने, जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल बिर्तामोड उद्योग बाणिज्य संघ ले नेपाली हरुको दोस्रो महान चाड तिहारको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
संविधान सभा सदस्य, जिल्लाका उच्च उदाहका कर्मचारी, उद्योगी व्यापारी र स्थानिय सर्वधारणको उल्लेखनिय उपस्थित रहेको कार्यक्रममा नेपाली मौलिक परिकार सेल रोटी, खिर र विभिन्न अचारहरु खुवाईएको थियो । अझ महत्वपूर्ण कुरा स्थानिय उत्पादन सुपारीको टपरा, दुना अनि चम्मच प्रयोग गरिएको थियो । केही महंगो भएपनी कम्तिमा एक संस्थाले बर्षमा एक पटक मात्र यसरीे हाम्रा मौलिक परिकार, स्थानिय उत्पानको प्रयोग र प्रचार गर्न सके आफ्नो देशको रुपैया अन्य देशमा नजाने व्यवसायी शेरबहादुर थापाले बताए ।
त्यसै गरि कार्यक्रमको बिच बिचमा कलाकार दुर्गा ओलीले गाएको गीतले सबैलाई मन्त्रमुक्द बनाएको थियो ।
बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभासदस्य सुधिरकुमार शिवाकाटी, विश्वद्विप लिङदेन, बिर्तामोड नगरप्रमुख धुब्र्र शिवाकोटी उपप्रमुख पवित्रा महतरा, नेपाल उद्योग बाणिज्य संघ केन्द्रिय सदस्य उमेश डालमिया, नेकपा झापा सचिव विजय साङपाङ, जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनाली, उद्योग बाणिज्य संघ प्रदेश सदस्य बलराम कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले गरेका थिए भने औचित्यमाथी प्रकास उपाध्यक्ष राजु न्यौपानेले पारेका थिए । कार्यक्रमको संचालन महासचिव प्रसान्त भण्डारीले गरेका थिए ।































