भद्रपुरबाट ७० किलो गोरुको मासु बरामद

0
1519

भद्रपुर ।

सशस्त्र प्रहरीले ७० किलो गोरुको मासु बरामद गरेको छ । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा भद्रपुर ३ स्थित किचकबध नाकाबाट मासु बोर्डर आउट पोष्ट पृथ्विनगरले बरामद गरिएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ ।

भद्रपुरमा वुधबार साप्ताहिक बजार भएकोले होटलको लागि सो मासु ल्याएको प्रहरीको आसङ्का छ । सो नाकाबाट पटक पटक गोरुको मासु भित्रिने गरेको छ ।

बरामद गरिएको मासुलाई नेपाल प्रहरी, स्थानीयवासी,पशु क्वारेनटाईनको रोहवरमा नष्ट गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here