देख्नु र भोग्नुमा फरक जिन्दगानी हुन्छ।
सोच्दाखेरी दुरुस्तै कर्कलाको पानी हुन्छ।
जतिसुकै छाँटेपनी ~ आदर्शका कुराहरु,
दुनियाँलाई ठगेका अनगिन्ती कहानी हुन्छ।
एउटै दाजुभाइमा नि को कस्तो को कस्तो
स्वभाव अनुसार, भिन्दाभिन्दै बानी हुन्छ।
आफ्नोलागि आकाशको तारा झार्न सक्नेले,
समाजलाइ केही गर्न परे, आनाकानी हुन्छ।
बाँचुन्जेल जतीसुकै ~ तेरोमेरो भनेपनी,
मरेपछि आखिर सबै त्यही खरानी हुन्छ।

नबिना खनाल गौतम
पोखरा लामाचौर



























