गजल: ” अर्को छ “

0
701

 

मस्कुराएकी मात्र थिएँ
पछि लाग्नेको लर्को छ,
तर बिचरालाई के थाहा
दिलमा कोही अर्को छ ।

अोछ्याउँछ नजर हजारले
गर्दै प्रेमको याचना ,
तर उसको लट्ठ नयनमा
प्रीतिको भाखै अर्को छ ।

आँखा जुधाउनै सकिन
मुखेन्जी हेरूँ कसरी,
तर दोषीसरि लुकीचोरी
हेर्नुको मजै अर्को छ ।

राजकुमार राई

गोलबजार २, लालपुर टोडके, सिरहा

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here