गाह्रो भयो मलाई विगत भुल्न नसकेर
कोपिलामै टुट्यो प्रेम फुल्न नसकेर ।
देखाएर आशा मलाई छल्ने मान्छे तिमी
मेरा हरेक प्रगतिमा जल्ने मान्छे तिमी
तिमी र म एकआपसमा खुल्न नसकेर
कोपिलामै टुट्यो प्रेम फुल्न नसकेर
मलाई दु:ख पर्दाखेरि रुने मान्छे तिमी
लाग्थ्यो सयौं जुनी साथमा हुने मान्छे तिमी
पानीसँग चिनी जस्तै घुल्न नसकेर
कोपिलामै टुट्यो प्रेम फुल्न नसकेर
तिमीलाई संसार ठानेँ अनि नाता जोडेँ
आमाबुवा जन्मघर नि तिम्रै लागि छोडेँ
गाह्रो भयो मलाई विगत भुल्न नसकेर
कोपिलामै टुट्यो प्रेम फुल्न नसकेर ।

अदीती अर्याल ज्ञावाली
©लुरी




























रचना धेरै राम्रो लाग्यो