अर्जुनधारा ।

घिमिरे बन्धु कल्याण परिषद् अर्जुनधारा नगर समितिको पाँचौं साधारण सभा शनिबार सम्पन्न भएको छ ।
पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धामको श्रवणहलमा समितिका अध्यक्ष खगेन्द्रप्रसाद घिमिरेको अध्यक्षता र परिषद् झापाका अध्यक्ष नवराज घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य लेखा समितिकी संयोजक लक्ष्मी घिमिरेले गरेकी थिइन् ।

त्यसैगरी कार्यक्रममा समितिका प्रवक्ता वेदप्रसाद घिमिरेले पाँच लाख ३६ हजार नौ सय ४० रुपैयाँ बराबरको आम्दानी–खर्च विवरण उल्लेख भएको लेखा परीक्षकको प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही कार्यक्रमको सन्दर्भमा धाम अन्र्तगत रहेका गुरुकुलका २२ जना विद्यार्थीलाई परिषद्ले रुद्री पुस्तक प्रदान गरेका थिए ।
कार्यक्रममा परिषद् झापाका सचिव काशीनाथ घिमिरे, परिषद् झापाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद घिमिरे, कवि मोहन घिमिरे, पण्डित प्रेमप्रसाद पौड्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समितिका प्रवक्ता घिमिरेले गरेका थिए ।































