महोत्सवबाट संकलित रकम सुधार केन्द्रका विरामीलाई खर्च गरिने

0
1105

बिर्तामोड,

नयाँ सृष्टि सुधार केन्द्र बिर्तामोड झापाले लागू औषध नियन्त्रणको क्षेत्रमा आफ्नो संस्थाले सकारात्मक कार्य गर्दै आएको जनाएको छ । शनिवार प्रेस विज्ञप्ति जारी गर्दै संस्थाले लागू आौषध प्रयोग कर्तालाई कुलतबाट छुटाई दुव्र्यसन रहित समाजको परिकल्पना गर्दै बिर्तामोडमा मिनी महोत्सको आयोजना गरेको र सो महोत्सवबाट संकलित रकमले लागू औषध प्रयोग कर्ताहरुमध्ये उपचारमा आर्थिक अभावका कारण समस्या हुनेलाई निःशुल्क उपचारका लागि खर्च गरिने जनाएको छ ।
नयाँ सृष्टि सुधार केन्द्रका अध्यक्ष सागर पकुवालद्वारा जारी विज्ञप्तिमा बिश्वव्यापी साझा समस्याको रुपमा रही आएको लागू औषधको प्रयोग नेपालमा पनि समस्याको रुपमा देखा परेको भनिएको छ । नेपालमा मादिरा, सूर्तिजन्य पदार्थ एवम् गाँजा चरेसको प्रयोग पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । हेरोइन तथा अफिम जस्ता लागू पदार्थको प्रयोगले यो समस्याालाई अझ बढाएको छ । हालका दिनहरुमा सुइको माध्यमबाट लागू पदाार्थको प्रयागे गर्ने क्रम पनि बढ्दै गएको छ । एक सर्वेक्षण अनुसार नेपालमा ४६ हजार भन्दा बढी कडा खाले लागू औषको प्रयोग कर्ता छन् । काठमाडौं उपत्याकापछि ठूला सहर र सहरउन्मुख वजारमा लागू औषध प्रयोग कर्ताको संख्या बढी रहेको छ । लागू औषधको प्रयोग विशेष गरी किशोर किशोरीमाा बढी देखिएको छ । लागू औषध प्रयोग कर्ता मध्ये ६१ प्रतिशतले सुईको माध्यमबाट लागू पदार्थको सेवन गर्ने गरेको गृह मन्त्रालयको तथ्याङ्कमा समेत उल्लेख छ । सुईको माध्यमबाट लागू औषध प्रयोग गर्दा युवामाा एचआईभी,हेपटाइटीसबी तथा अन्य रगतजन्न्य रोगहरु सर्ने खतरा पनि उत्तिकै छ । यसका अतिरिक्त असुरक्षित यौन सम्पर्कले पनि उल्लेखित रोगहरु बढाउन मद्दत पुग्ने अनुसन्धानले देखाएको छ । यसैलाई मध्यनजर गर्दै नयाँ सृष्टि सुधार केन्द्र बिर्तामोडले लागू आौषध प्रयोग कर्तालाई कुलतबाट छुटाई दुव्र्यसन रहित समाजको परिकल्पना गर्दै बिर्तामोडमा मिनी महोत्सको आयोजना गरिएको हो – विज्ञप्तिमा भनिएको छ – विशेष गरी लागू औषध प्रयोग कर्तालाई सुधार्न हाम्रो प्रयत्न जारी छ । बिर्तामोडमा सञ्चालन भइरहेको मिनी महोत्सब बाट उठेको रकमले सुधार केन्द्रमा रहेका व्यक्तिलाई सुधाार्न खर्च गरिने र केही रकमले समाजमा लागू पदार्थ दुव्र्यसनीका विरुद्धमा अभियान चलाउने लक्ष्य सहित मिनी महोत्सवको आयोजना गरिएको यसै प्रेस विज्ञप्ति मार्फत सबैलाई जानकारी गराउँदछौं ।
लागू औषध प्रयोगकर्तालाई शून्य गर्दै दुव्र्यसन रहीत समाजको परिकल्पनाा हाम्रो पनि हो अध्यक्ष पकुवालले भनेका छन् – यसैलाई सार्थक बनाउन हामीले महोत्सवको आयोजना गरेका हौं । तर, केही सञ्चार माध्यमले मिनी महोत्सवमा जुवा जन्य खेल खेलाएको भन्ने गम्भीर आरोप लगाएको प्रति हामी अत्यान्त दुःखी भएका छौं । हामी आफैं समाज सुधारको वाटोमा रहेको हुनाले कानूनद्वारा नै बर्जित काममा हाम्रो कुनै सम्लग्नता नरहेको समेत जानकारी गराउँदछौं । सम्भ समाज निर्माणको परिकत्पना बोकेर लागू औषध नियन्त्रणका क्षेत्रममा हामी दिनरात लागि परिरहेका छौं । यस्तो परिपेक्षमा हामी र हाम्रो संस्था साथै जिल्ला प्रसशन कार्यालयलाई समेत आक्षेप लगाएर सम्प्रेसण गरिएको समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले दिएको अनुमतिका आधारमा मेला लगाइएको र सोही अनुमतिपत्रलाई आधार मान्दै मेलामा मनोरञ्जनका खेलहरु खेलाईएको समेत सम्वन्धित सबैमा जानकारीका लागि अवगत गराउँदछौं । कानूनद्वारा वर्जित कुनै पनि प्रकारका खेल हामीले नखेलाएको र आगामी दिनमा समेत कानूनले वर्जित गरेको खेल नखेलाउने यसै प्रेस विज्ञप्तिद्वारा सम्वन्धित सबैमा जानकारी सहित प्रतिवद्धता जाहेर गर्दछौं । हाम्रो महान उद्देश्यलाई सार्थक बनाउन तपाई सबै सर्वसाधारण ,नागरिक समाजका अगुवा, राजनीतिक दल, मानवअधिकारकर्मी, सञ्चारकर्मी सुरक्षा निनकाय लगायत सवै वर्ग र तहको उत्तिकै सहयोग चाहिएको छ । लागू औषत नियन्त्रणका लागि तपाई र म एक्लैले मात्रै सम्भव नहुने भएकाले लागू औषध नियन्न्त्रण गनर्न हामी सबैको भूमिका उत्तिकै रहने भएकाले हाम्रो अभियानमा सहयोग पु¥याइदिन सम्वन्धित सबैमा सादर निवेदन छ ।
महोत्सव असोज १३ गतेदेखि शुरु भएको र महोत्सबमा हरेक साँझ बिभिन्न कलाकारहरुको प्रस्तुति रहँदै आएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here