राजपाको शुभकामना

0
1061

बिर्तामोड, राजपा झापाले बिर्तामोडमा दीपावालीको अवसर पारेर शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
विजया दशमी, दीपावली, नेपाल सम्वत र छठ पर्वले समस्त नेपालीमा सुख शान्ति र समृद्धि ल्याउन सकोस् भन्दै सबै देश तथा विदेशमा छरिएर रहेका नेपालीबीच आपसमा आत्मियता बढाउन मद्दत पुगोस् भन्दै शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

बिर्तामोडस्थित आगन पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक , नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, राजपाका केन्द्रीय सदस्य त्रिनारायण राजवंशी, मोहितलाल कामती, शिव आचार्य, युवा मञ्च प्रदेश १ का संयोजक रोहन लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
राजपाका अध्यक्ष मण्डल सदस्य सूर्यनारायण गणेशले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको अध्यक्षता राजपाका संयोजक राजकुमार महत्तोले गरेका थिए । अध्यक्ष मण्डल सदस्य देवेन्द्रकिशोर ढुङ्गानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सन्तोष कुमार गणेशले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here