हिनडुल गर्न नसक्ने पेम्वालाई सहयोग

0
1174

झापा, शारीरिक अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने संखुवासभाको चैनपुर ३ शिद्धकालिीका पेम्बा शेर्पालाई झापाबाट गएको युवाटोलीले सहयोग सामाग्री प्रदान गरेको छ ।

शेर्पालाई चैनपुरको शिद्धकाली मन्दिर परिषरमा आयोजित एक कार्यक्रमका बीच ह्विल चियर, शैक्षिक सामाग्री, न्यानो कपडा र नगद सहित सहयोग गरिएको झापाली टोलीका संयोजक सरोज पौडेलले जानकारी दिए ।

पर्यटन बर्ष २०२० लाई सहयोग पुर्याउने उद्देश्ले गत जेठमा प्रदेश १ को भ्रमणमा निस्किएका बेला झापाको युवा टोलीले उनलाई भेटेको थियो । उनको अवस्था दयनिय देखेपछि सहयोग सामाग्री लिएर टोली त्यहाँ पुगेको जनाईएको छ ।

दुबै खुट्टाले काम नगर्ने शेर्पाको हात समेत राम्रोसँग चल्दैनन । बाँसको भाटामा चक्का जोडेर आफँैले बनाएको साईकलमा घिस्रिदै ३ किलोमिटर दुरीमा रहेको विद्यालय जाने उनी स्थानिय सरस्वती माविमा कक्षा ६ मा अध्ययनरत छन ।

शेर्पाको दैनिक जिवनयापन र अध्ययनमा सहयोग पुर्याउन टोली त्यहाँ पुगेको बिर्तामोड २ का वडा सदस्य किशोर पौडेलले जानकारी दिए । शेर्पाको अध्ययन अघि बढाउन परिवार र नगरपालिकाको समन्वयमा झापामैै राखेर पढाउन समेत सहयोग गर्ने टोलीले प्रतिबद्धता जनाएको छ ।

आर्थिक अवस्था अति कमजोर भएका शेर्पाका बुबा दाछिरिङ्ग शेर्पा समेत शारीरिक रुपले अशक्त छन । उनकी आमाले पारिवारिक व्यवस्थापन गर्दै आएकी छिन ।

कार्यक्रममा बोल्दै चैनपुर नगरपालिकाकी उपप्रमुख मुना श्रेष्ठले अपांगता भएका व्यक्तिहरुका लागि स्थानिय सरकारले योजना बनाउदै गरेको समयमा झापाबाट पुगेका युवाहरुले आफ्नो आँखा खोली दिएको बताईन ।

टोलीको प्रशंसा गर्दै उनले झापाली युवाहरुसँग आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने उल्लेख गरिन । त्यस्तै चैनपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादुर अधिकारीले झापाका युवाहरुको एकताले संखुवासभामा पनि सन्देश दिएको बताए ।

सहयोग सामाग्री हस्तान्तरण कार्यक्रमको सञ्चालन सृजन घिमिरेले गरेका थिए । शेर्पाका लागि बिर्तामोडकी २ अञ्जना दाहाल, साउदी अरबमा रहेका सुजन घिमिरे, शिवसताक्षीका महेश लामिछाने, जयकुमारी चेम्जोङ्ग लगायतले आर्थिक सहयोग गरेका जनाईएको छ ।

झापाली टोलीमा संयोजक पौडेल सँगै बिर्तामोड वडा नम्बर २ का वडासदस्य किशोर पौडेल सञ्चारकर्मीहरु अच्युत सुवेदी, सृजन घिमिरे वातावरण संरक्षण मञ्च झापाका अध्यक्ष हैकम घिसिङ्ग, धरमपुर युवा समाजकी कोषाध्यक्ष माया सापकोटा, केशव पौडेल, दिपेन्द्र श्रेष्ठ, सुनिल पोख्रेल र मणी कोइराला रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here